रुसमाथि लगाइएको प्रतिबन्ध नहटाउने पेरिस शिखर सम्मेलनमा सहमति



पेरिस । बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले रूसविरुद्धका प्रतिबन्धहरू हटाइन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाइनुपर्छ भन्नेमा सहमति जनाएको बताएका छन् ।

“प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत – हामीले के कुरामा छलफल ग¥यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ”, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँगै भने ।

जेलेन्स्कीले भने, “सबैले बुझे र बुझ्छन् कि आज रूसले कुनै पनि किसिमको शान्तिलाई चाहँदैन ।”

एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्धहरू हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ छैन’ भने ।

“शान्ति वास्तविक रूपमा प्राप्त नभएसम्म प्रतिबन्धहरू अन्त्य गर्नुले कुनै अर्थ राख्दैन र दुर्भाग्यवश हामी त्यसबाट अझै धेरै टाढा छौँ”, स्कोल्जले भने ।

जेलेन्स्कीले भने, “रुसले यो युद्ध नरोकुञ्जेल कुनै पनि प्रकारका प्रतिबन्धहरू हटाउनु हुँदैन र यसको सट्टा यसमा थप दबाब, प्रतिबन्धहरूको थप प्याकेजहरू हुनुपर्छ ।”

स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म हाम्रो पूर्ण समर्थन छ’ भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए ।

उनले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाए ।

कुनै पनि युद्धविरामपछि युरोपले युक्रेनलाई बलियो बनाउन खोजिरहेको बेला स्टार्मरले भने, “हामीले शान्तिलाई आश्वस्त पार्ने योजनाहरू–इच्छुकहरूको गठबन्धन– तिनीहरू हवाई, भूमि वा समुद्रमा भए पनि सैन्य र परिचालनबारे छलफल गर्यौँ ।”

“हामी आगामी दिन र हप्ताहरूमा सुरक्षा प्रत्याभूतिहरूमा काम गर्नेछौँ”, जेलेन्स्कीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्स र बेलायतका सैन्य प्रमुखहरूको युक्रेनी नेतासँग विकल्पहरूबारे छलफल

वासिङटन । बेलायती र फ्रान्सेली सेना प्रमुखहरूले युक्रेनी सेनालाई बलियो बनाउन र रुससँगको

गाजामा हमासका प्रमुख मुद्रा विनिमयकर्ता मारेको इजरायली सेनाको दाबी

गाजा । इजरायल रक्षा बल (आइडिएफ) ले गाजा सिटीमा हमासको प्रमुख मुद्रा विनिमयकता

भूकम्पमा परी म्यान्मामा मृतकको सङ्ख्या तीन हजार नाघ्यो

म्यान्मा । म्यान्मामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार तीन सयभन्दा माथि पुगेको

रक्षा र ऊर्जा सम्झौताका लागि श्रीलङ्कामा भारतीय प्रधानमन्त्री मोदी

कोलम्बो । कोलम्बोले छिमेकी भारत र यसको सबैभन्दा ठूलो ऋणदाता चीनसँगको सम्बन्धलाई सन्तुलनमा