मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु



गाजा सिटी (प्यालेस्टिनी क्षेत्र)। इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक सुरक्षाले मङ्गलबार युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा मध्यरातदेखि १४ जनाको मृत्यु भएको बताएको छ ।

इजरायली विमानले गाजामा २० भन्दा बढी आक्रमण गरेको र महिला र बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताए ।

उनले गाजा सहरको जैतुन छिमेकमा बिहानको आक्रमणमा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको तथा खान युनिसको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका तीन सन्तानसहित नौ जनाको मृत्यु भएको बताए ।

एएफपीले मङ्गलबार सम्पर्क गर्दा सेनाले गाजामा मध्यरातमा आक्रमण गरेको पुष्टि गरी ‘आतङ्कवाद विरोधी’ कार्यवाहीको हिस्सा भएको स्पष्ट पारेको छ ।

प्यालेस्टिनी लडाकू समूह हमाससँगको युद्धविराम विस्तार गर्ने वार्तामा गतिरोध भएपछि इजरायलले एक हप्ताअघि गाजाभर तीव्र हवाई आक्रमणहरू पुनः सुरु गरेको थियो ।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार मार्च १८ मा इजरायलले पुनः बमबारी सुरु गरेदेखि सात सय ३० जनाको मृत्यु भएको बताएको छ ।

सोमबार बेलुकी इजरायली सैन्य प्रवक्ता अभिचाय अद्राईले जाबालिया उत्तरी क्षेत्रमा आक्रमणअघि खाली गराउने चेतावनी जारी गरे ।

“आतङ्कवादी सङ्गठनहरू फेरि एक पटक फर्किँदै छन् र जनसङ्ख्या भएका क्षेत्रहरूबाट रकेट प्रहार गरिरहेका छन्… आफ्नो सुरक्षाका लागि, तुरुन्तै ज्ञात आश्रयहरूतर्फ दक्षिणतिर जानुहोस्”, अद्राईले उत्तरी सहरहरू बेत लाहिया र बेत हानुनका लागि यस्तै चेतावनी जारी गरेपछि एक्समा भने ।

नागरिक सुरक्षाका प्रवक्ता बासलले बेत हानुन र बेत लाहियाका साथै खान युनिस क्षेत्रमा तोप प्रहार भएको जानकारी दिए ।

सोमबार साँझ इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएका तीनवटा ‘प्रक्षेपास्त्रहरू’ रोकेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन

युक्रेन । रुसले आक्रमण गरेपछि दक्षिणी युक्रेनका हजारौँ मानिस विद्युत्विहीन भएका छन् ।

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाहरूको भागाभाग

तेल अभिव । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

लन्डन । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र