नेतन्याहूद्वारा गुप्तचर निकायका प्रमुख बर्खास्त



बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको आक्रमणको पूर्वानुमान गर्न विफल भएको भन्दै देशको आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुखलाई पदमुक्त गरेका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले रोनेन बारलाई हटाउने औपचारिक निर्णय गरेको हो । शिन बेट इजरेलको आन्तरिक गुप्तचर निकाय हो। युद्धमा यो निकायले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ। यसले गर्ने गतिविधि र यसमा संलग्न हुने व्यक्तिहरूलाई राज्यले गोप्य राख्छ ।

प्रधानमन्त्रीका उच्च सहयोगीहरूले कतारको पक्षमा पैरवी गरिरहेको विषयमा शेन बेटको छानबिन गरिरहेको थियो । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा नेतन्याहू र बारबीच गम्भीर मतभेद थियो। दुवैले एकअर्कालाई विफल भएको आरोप लगाउने गरेका छन्।

यो निर्णयबाट बारलाई पदमुक्त गर्ने नेतन्याहूको योजनाको विरोध गरिरहेका प्रदर्शनकारीहरूलाई आक्रोशित तुल्याउने देखिन्छ । बार सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि उक्त पदमा नियुक्त भएका थिए ।

आइतबार एउटा भिडियो सन्देशमा नेतन्याहूले बारलाई पदमुक्त गर्ने आफ्नो उद्देश्य घोषणा गरेका थिए। उनले आफूहरूबीच ‘अविश्वास कायम’ रहेको र ‘समयक्रममा त्यो अझ बढेको’ बताए ।

यो घोषणाले आक्रोश उत्पन्न गराएको थियो र जेरुसलेममा सरकारविरोधी प्रदर्शनहरू चर्किएका थिए। इजरेलले गाजामा गरेका ताजा आक्रमणको विरोध गर्दै हजारौँ मानिसहरू सडकमा भेला भएका थिए । बारले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुजरातको पटाका गोदाममा विस्फोट, १७ जनाको मृत्यु

नयाँदिल्ली । भारतको गुजरात राज्यमा मंगलबार एक पटाका गोदाममा भएको ठूलो विस्फोटपछि आगलागी

रूसी आक्रमणपछि युक्रेनमा ४५ हजार मानिस विद्युतविहीन

युक्रेन । रुसले आक्रमण गरेपछि दक्षिणी युक्रेनका हजारौँ मानिस विद्युत्विहीन भएका छन् ।

इजरायली निकासी चेतावनीपछि रफाहका बासिन्दाहरूको भागाभाग

तेल अभिव । इजरायली सैनिक (आइडिएफ) ले दक्षिणी गाजा सहरका बासिन्दाहरूलाई आफूहरू बसिरहेको

बेलायती प्रधानमन्त्रीद्वारा अनियमित आप्रवासन उन्मूलनमा सघाउन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान

लन्डन । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले अन्तर्राष्ट्रिय समुदायलाई अनियमित आप्रवासन उन्मूलन गर्न र