शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार



बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन भित्र आफ्नो तेस्रो एक्स्ट्राभेहिकुलर गतिविधिहरू (इभा) सञ्चालन गर्ने चाइना म्यान्ड स्पेस एजेन्सी (सीएसएमए) ले घोषणा गरेको छ ।

यसवर्ष जनवरी २१ मा आफ्नो दोस्रो अन्तरिक्षयात्रा पूरा गरेदेखि चालक दलका सदस्यहरूले भेटघाट र ‘डकिङ’को लागि प्रशिक्षण, अन्तरिक्ष जीवन विज्ञान तथा मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी, नयाँ अन्तरिक्ष प्रविधिहरूको क्षेत्रमा प्रयोग र परीक्षण गर्ने जस्ता कार्यहरूको श्रृङ्खलाबद्ध काम गरेका छन् ।

स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनु हो । डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ । सीएमएसएका अनुसार उनीहरुले तेस्रो इभाको तयारी पनि गरिसकेका छन् ।

एजेन्सीले स्पेस स्टेसन सहज रूपमा काम गरिरहेको र चालक दलका तीनै सदस्य स्वस्थ रहेको पुष्टि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चीनमा नयाँ तेल खानी भेटियो

बेइजिङ । चीनको ‘नेसनल अफशोर आयल कर्पोरेसन’ले साउथ चाइना सीको पूर्वी क्षेत्रमा १०

ट्रम्पको गाजा योजनाविरुद्ध लड्न हमासको आह्वान

कायरो । हमासका एक वरिष्ठ अधिकारीले सोमबार विश्वभरका समर्थकलाई हतियार उठाउन र अमेरिकी

आक्रमण गरे कडा जवाफ दिने इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले

अमेरिकी कर नीति सबै देशका लागिः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा लागू गर्न लागेको करमा अमेरिकासँग