श्रीलङ्काको नयाँ परियोजना पर्यावरणीय सङ्कट समाधानमा नयाँ कदम



कोलम्बो । श्रीलङ्काले ‘स्वच्छ श्रीलङ्का’ कार्यक्रमको एक भागको रूपमा ‘मोडेल अर्बन ग्रीन जोन’ परियोजना सुरु गरेको छ । यसको उद्देश्य सांस्कृतिक, नैतिक, सामाजिक र वातावरणीय पुनरुत्थानलाई बढावा दिनु रहेको राष्ट्रपतिको मिडिया डिभिजन (पीएमडी) ले जनाएको छ ।

पीएमडीले बढ्दो सहरी जनसङ्ख्याका कारण शहरहरूले वायु, माटो र जल प्रदूषण जस्ता गम्भीर वातावरणीय चुनौतीहरूको सामना गरिरहेका एक विज्ञप्तिमा उल्लेख गरेको छ । साथै, विश्वव्यापी फोकस द्रुत रूपमा दिगो हरित शहरहरूमा सरिरहेको पीएमडीले जनाएको छ ।

आयोजना हरित सहर अवधारणा अनुरूप रहेको र सार्वजनिक तथा निजी क्षेत्रको सहभागितामा सहरी योजना पहलका रूपमा कार्यान्वयन गरिने छ ।

पीएमडीले कङ्क्रीट–बहुल क्षेत्रहरूलाई हरियाली वातावरणमा प्रतिस्थापन गरेर परियोजनाले बासिन्दाहरूलाई थप स्वस्थ र प्रकृति–मैत्री शहरी जीवनशैली प्रदान गर्ने लक्ष्य राखेको छ, जसले शारीरिक र मानसिक स्वास्थ्य दुवैलाई बढावा दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेतन्याहूद्वारा गुप्तचर निकायका प्रमुख बर्खास्त

बीबीसी । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमासले

ट्रम्पद्वारा शिक्षा मन्त्रालय खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा मन्त्रालय खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने

रुस र अमेरिकाले सोमबार साउदी अरबमा वार्ता गर्ने

मस्को । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले युक्रेनका बारेमा रसिया–अमेरिकाको अर्को चरणको वार्ता

शेन्झाउ–१९ टोली तेस्रो बाह्य गतिविधिको लागि तयार

बेइजिङ । चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन