इजरायली सेनाको आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु
बीबीसी । इजरायली सेनाले गाजापट्टीमा व्यापक हमला गरेको छ । गाजाको हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले इजरायली सेनाको आक्रमणबाट कम्तिमा ३४ प्यालेस्टिनीहरू मारिएका छन् भने ७० जना घाइते भएका छन् ।
इजरायल रक्षा बलले हमाससँग सम्बन्धित आतंकवादी लक्ष्यहरुलाई लक्षित आक्रमण गरिरहेको बताएको छ । जनवरी १९ मा युद्धविराम सुरु भएदेखि गाजामा भएको यो ठूलो हवाई आक्रमण हो । गाजामा युद्धविराम बढाउने वार्ताहरू सम्झौतामा पुग्न असफल भइरहेका बेला यो आक्रमण भएको हो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री काट्जले मंगलबार बिहान हमलाको आदेश दिएका थिए । चिकित्सक र प्रत्यक्षदर्शीहरूका अनुसार मध्य गाजाको देइर अल–बलाहमा तीन घर, गाजा शहरको एउटा भवन र खान युनिस र रफाहमा लक्षित गरी आक्रमण गरिएको छ।