पाकिस्तानमा आत्मघाती हमलामा बसमा सवार पाँच सुरक्षाकर्मीको मृत्यु



इस्लामावाद । एक आत्मघाती कार बम हमलाकारीले अशान्त दक्षिण–पश्चिम पाकिस्तानमा सुरक्षा बलहरू बोकेको बसलाई लक्षित गर्दा कम्तीमा पाँच अधिकारीको मृत्यु र अन्य १० जना घाइते भएको प्रहरीले बताएको छ ।

बलुचिस्तानको नौशकी जिल्लामा आक्रमण भएको स्थानीय प्रहरी प्रमुख जफर जमानानीले बताए । मृतक र घाइतेहरूलाई अस्पताल लगिएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

कार बम विस्फोटपछि पृथकतावादी विद्रोहीहरूले बसहरूमा गोली चलाएको अधिकारीहरूले बताएका छन् । प्रतिबन्धित बलुच लिबरेसन आर्मीले आक्रमणको जिम्मेवारी लिएको छ ।

गत हप्ता विद्रोहीहरूले एउटा रेलमा आक्रमण गरी करिब चार सय जनालाई बन्धक बनाएका थिए । सुरक्षा बलले अपरेसन सुरु गर्नुअघि २६ जनाको मृत्यु भयो ।

अपरेसनका क्रममा सबै ३३ जना आक्रमणकारी मारिएका थिए । बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले सुरक्षा बलले आइतबार गोली चलाएको र कम्तीमा चार जना आक्रमणकारी मारिएका बताए ।

तेल र खनिजले समृद्ध बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो र सबैभन्दा कम जनसङ्ख्या भएको प्रान्त हो । जातीय बलुच बासिन्दाहरूले लामो समयदेखि केन्द्र सरकारलाई भेदभावको आरोप लगाएका छन् । उक्त आरोपलाई इस्लामाबादले अस्वीकार गरेको छ । बलुच लिबरेसन आर्मीले केन्द्र सरकारबाट स्वतन्त्रताको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एआईको चुनौतीबाट बच्न सामसुङलाई ‘गर या मर’ को मानसिकता आवश्यक

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्षले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निम्त्याएको चुनौतीको सामना गर्न

बङ्गलादेशका नेता युनुस चीन भ्रमणमा जाने

ढाका । बङ्गलादेशको सङ्क्रमणकालीन सरकारका प्रमुख नेता मोहम्मद युनुस यसै महिना कूटनीतिक सद्भावना

अन्तरिक्षमा फसेका दुई अन्तरिक्ष यात्री मङ्गलबार पृथ्वीमा फर्किने

वासिङ्टन । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा नौ महिनाभन्दा बढी समयदेखि फसेका अमेरिकी अन्तरिक्ष यात्री

स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छैनः ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको कर घटाउने आफ्नो कुनै