दक्षिणी अमेरिकामा भीषण आँधी, कम्तिमा ३१ जनाको मृत्यु
बीबीसी । दक्षिण अमेरिकामा आँधीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मिसौरीमा मात्र १२ जनाको मृत्यु भएको छ ।
घातक आँधीले दक्षिण–पूर्वी राज्यहरूमा कारहरू पल्टाएको छ र घरहरू ध्वस्त पारेको छ । क्यान्ससमा, धुलो आँधीका कारण ५५ भन्दा बढी सवारी साधनहरू दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
ट्रयाकर पावरआउटेजका अनुसार आँधीले शनिबार साँझ मिशिगन मिसौरी र इलिनोइस सहित पाँच राज्यहरूमा १ लाख ७० हजार घर विद्युतविहीन भएका छन् । पूर्वी लुइसियाना, पश्चिमी जर्जिया, मध्य टेनेसी र पश्चिमी फ्लोरिडा प्यानह्यान्डलमा आँधीबेहरी निगरानी जारी गरिएको छ ।
दक्षिण–पूर्वमा गम्भीर मौसम जारी रहँदा मध्य मिसिसिपी, पूर्वी लुइसियाना र पश्चिमी टेनेसीका साथै अलाबामा र अर्कान्सासका केही भागहरूमा पनि अचानक बाढी र बाढीको चेतावनी जारी गरिएको छ।