युक्रेनको शान्ति सेनाबारे सैन्य प्रमुखहरू बिहीबार बेलायतमा भेट्ने



लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले कुनै पनि सम्भावित युद्धविरामको रक्षा गर्न युक्रेनमा शान्ति सेना बनाउने योजनाबारे छलफल गर्न सैन्य प्रमुखहरू बिहीबार बेलायतमा भेट्ने बताएका छन् ।

“हामी सम्भावित सम्झौतालाई समर्थन गर्न हाम्रो व्यावहारिक कार्यलाई गति दिन सहमत भयौँ, त्यसैले अब हामी परिचालन चरणमा प्रवेश गर्नेछौँ”, लगभग २५ जना अन्य नेताहरूको भर्चुअल बैठकको आयोजना गरेपछि स्टार्मरले भने ।

“हामीले सहमति गर्यौँ कि अब बल रुसको कोर्टमा छ”, स्टार्मरको डाउनिङ स्ट्रिट कार्यालयले जारी गरेको एक वक्तव्यमा उनले भने, “राष्ट्रपति पुटिनले उहाँ शान्तिका लागि गम्भीर रहेको प्रमाणित गर्नुपर्छ र समान सर्तहरूमा युद्धविराममा हस्ताक्षर गर्नुपर्छ । राष्ट्रपति ट्रम्पको युद्धविराम प्रस्तावमा क्रेमलिनको अनिर्णय र ढिलाइ एवं युक्रेनमाथि रुसको निरन्तर बर्बर आक्रमणहरू राष्ट्रपति पुटिनको शान्तिको घोषित इच्छाको पूर्णतया विपरीत छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बङ्गलादेशको अदालतद्वारा सन् २०१९ को हत्या मामिलामा २०  जना विद्यार्थीको मृत्युदण्ड सदर

  ढाका । बङ्गलादेशको एक अदालतले आइतबार सन् २०१९ मा सामाजिक सञ्जालमा देशको

उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आगलागी हुँदा ५१ जनाको मृत्यु

म्यासेडोनिया । उत्तरी म्यासेडोनियाको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा ५१ जनाको

यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता

साना। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल

केनेडी स्पेस सेन्ट । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन