ट्रम्पद्वारा पुटिनलाई युक्रेनी सेनालाई जोगाउन आग्रह



वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फ्रन्टलाइनमा रहेका युक्रेनी सैनिकहरूको ज्यान बचाउन आग्रह गरेका छन् । उनले मस्कोमा भएको वार्तालाई ‘धेरै राम्रो र फलदायी’ को संज्ञा दिए ।

तीन वर्षको युद्धपछि रुस र युक्रेनबीच ३० दिने युद्धविरामको योजनाबारे छलफल गर्न उनका विशेष दूतले मस्कोमा पुटिनसँग वार्ता गरेपछि ट्रम्पको यो टिप्पणी आएको हो ।

“हामीले हिजो रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै राम्रो र उत्पादक छलफलहरू गर्यौं र यो भयावह, रक्तपातपूर्ण युद्ध अन्त्यमा समाप्त हुनसक्ने धेरै राम्रो सम्भावना छ”, ट्रम्पले आफ्नो ट्रुथ सोशल नेटवर्कमा भने ।

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले पछि पत्रकारहरूलाई स्पष्ट पार्दै ट्रम्प आफैँले बिहीबार राति पुटिनसँग कुरा नगरेको बताए । उनले शुक्रबार कुनै कल निर्धारित नभएको उल्लेख गर्दै ‘तर त्यो स्पष्ट रूपमा परिवर्तन हुनसक्ने’ बताए ।

गत हप्ता ट्रम्पले आफू कार्यालयमा फर्किएपछि फेब्रुअरीमा आधिकारिक रूपमा घोषणा गरिएको फोनवार्ता बाहेक पुटिनसँग ‘धेरै पटक’ कुरा गरेको बताएका थिए। आधिकारिक फोनवार्ताले वर्तमान युद्धविराम प्रयासलाई अघि बढाएको हो ।

शुक्रबार आफ्नो पोस्टमा ट्रम्पले पुटिनलाई ‘हजारौँ’ युक्रेनी सैनिक ‘पूर्ण रूपमा रूसी सेनाले घेरिएको, र धेरै खराब र कमजोर स्थितिमा रहेको’ भन्दै एउटा असामान्य अपील पनि जारी गरे । किएभले तुरुन्तै ट्रम्पको दावीलाई अस्वीकार गर्यो ।

“मैले राष्ट्रपति पुटिनलाई उनीहरूको ज्यान बचाउन आग्रह गरेको छु । यो दोस्रो विश्वयुद्धपछि कहिल्यै नदेखेको एउटा भयानक नरसंहार हुनेछ । भगवानले ती सबैलाई आशीर्वाद दिनुहोसु !!!” ट्रम्पले लेखेका छन् ।

मस्कोले गत हप्ता युक्रेनको धेरैजसो सेनालाई रुसको कुस्र्क क्षेत्रबाट बाहिर निकाल्दै आएको छ । कुस्र्कको केही भाग किएभले गत वर्ष कब्जा गरेको थियो ।

सन् २०१४ मा क्रिमिया कब्जा गरेर सन् २०२२ फेब्रुअरीमा पूर्ण आक्रमण सुरु गरेदेखि युक्रेनको करिब पाँचौँ भाग ओगटेको रुससँग भूमि साटासाट गर्न कुस्र्क किएभको केही मोलतोल गर्ने चिप्सहरू मध्ये एक थियो ।

पुटिनले ट्रम्पलाई युद्धविरामका बारेमा ‘थप’ सङ्केत पठाएको र सम्झौताको सम्भावनाका बारेमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताएको रुसले शुक्रबार भनेको थियो ।

अमेरिकी दूत स्टिभ विट्कफले संयुक्त अमेरिकी–युक्रेनी योजनाको विवरणहरू प्रस्तुत गर्न बिहीबार राति पुटिनसँग भेट गरे ।

क्रेमलिनले ट्रम्प र पुटिनबीच ‘कुराकानी आवश्यक छ’ भन्ने कुरामा दुवै पक्ष सहमत भएको तर समय निर्धारण हुन बाँकी रहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेन र रुसबीच युद्धविरामका लागि अमेरिकी नेतृत्वको आह्वानलाई जी-७ को समर्थन

  क्यानाडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको घर्षणका बाबजुद जी७ विदेशमन्त्रीहरूको समूहले युक्रेन

अमेरिकालाई ‘विनाशकारी’ कोष कटौती फिर्ता लिन एचआइभी चिकित्सकहरूको आग्रह

पेरिस । सयौँ एचआइभी चिकित्सक र अनुसन्धानकर्ताहरूले एड्स विरुद्धको विश्वव्यापी लडाइँमा ‘विनाशकारी हानि’

युक्रेनलाई यसै वर्ष ४० अर्ब युरोसम्मको हतियार उपलब्ध गराउन सदस्य राष्ट्रहरूलाई इयुको आग्रह

  ब्रसेल्स । युरोपली सङ्घ (इयु) ले आफ्ना सदस्य राष्ट्रहरूलाई यस वर्ष युक्रेनलाई

पुटिनले युद्धविराममा ट्रम्पलाई ‘अतिरिक्त’ सङ्केत पठाएको क्रेमलिनको भनाइ

मस्को । रुसले शुक्रबार राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा वासिङ्टनद्वारा प्रस्तावित युद्धविरामका बारेमा समकक्षी