युक्रेनका लागि युद्धविराम ‘राहत’ मात्र हुने पुटिनका सहयोगीको भनाइ



मस्को । क्रेमलिनका एक उच्च सहयोगीले रुस र युक्रेनबीच युद्धविरामका लागि अमेरिका–युक्रेनी प्रस्तावको आलोचना गर्दै यसले युक्रेनी सेनाका लागि ‘राहत’ मात्र हुने बताएका छन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जसँग फोनमा कुरा गरेपछि युरी उशाकोभले सरकारी सञ्चारमाध्यमसँग भने, ‘यो युक्रेनी सेनाका लागि अस्थायी ‘विश्राम’ बाहेक अरू केही हुनेछैन ।’

राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार ‘सम्भवतः थप विशिष्ट र ठोस आँकलन’ गर्ने उनले बताए ।
उशाकोभले रुसले ‘दीर्घकालीन शान्तिपूर्ण समाधान’को लक्ष्य राखेको र यसले रुसको ‘वैध हित’ सुरक्षित गर्ने बताए ।

उनले भने, ‘हामी त्यसैका लागि प्रयासरत छौँ । साथै, शान्तिपूर्ण कदमको नक्कल गर्ने कुनै पनि कदम अहिलेको परिस्थितिमा कसैलाई पनि आवश्यक छैन भन्ने मलाई लाग्छ ।’

वासिङ्टनले मस्कोलाई तीन वर्षे द्वन्द्वलाई ‘बिनाशर्त’ रोक्न दबाब दिइरहेका बेला अमेरिकी वार्ताकारहरूले युक्रेनमा ३० दिने युद्धविरामको आफ्नो योजना प्रस्तुत गर्न बिहीबार रुस आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नासाको स्पेसएक्स मिशनः अन्तरिक्षमा रहेका दुई यात्री पृथ्वी फर्कदै

लस एन्जलस । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र

१७२ यात्रु बोकेको अमेरिकी विमानमा आगो लागेपछि…(भिडियो)

न्युयोर्क पोष्ट । बिहीबार राति अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा अचानक

युद्धविराका लागि पुटिनले राखे कडा सर्त

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामको विषयमा आफू सहमत रहेको तर

ट्रम्पद्वारा युरोपेली वाइन र अन्य मदिराजन्य उत्पादनमा भारी कर लगाउने चेतावनी

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्विस्कीको अमेरिकी उत्पादनमा युरोपेली सङ्घ (इयू) बाट