चीनको हरियाली अभियान : ४४ लाख ५० हजार हेक्टर वन वृक्षारोपण



बेइजिङ । चीनले गतवर्ष ४४ लाख ५० हजार हेक्टरमा पुनः वन वृक्षारोपण गरी हरियाली बनाउने प्रयासलाई तीव्र पारेको राष्ट्रिय हरित आयोगको प्रतिवेदनले उल्लेख गरेको छ ।

यो सङ्ख्या सन् २०२३ मा प्राप्त ३.९९८ मिलियन हेक्टर वनीकरण भन्दा बढी हो, आयोगले जनाएको छ । चीनले बुधबार आफ्नो ४७ औं राष्ट्रिय वृक्षारोपण दिवस मनायो ।

प्रतिवेदनले सन् २०२४ मा देशले ३.२२४ मिलियन हेक्टर क्षतविक्षत घाँसे मैदानको पुनस्र्थापना र २७.८३ मिलियन हेक्टर बालुवा र चट्टानी जमिनलाई सुधार गर्ने उल्लेख गरेको छ ।

गत वर्ष चीनको वन तथा चरन उद्योगको उत्पादन मूल्य १०.१७ ट्रिलियन युआन (लगभग १.४२ ट्रिलियन अमेरिकी डलर) पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९.६ प्रतिशतले बढी हो ।

सन् २०२४ मा २.७६ बिलियन पारिस्थितिक पर्यटन यात्राहरू रेकर्ड गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ९.१ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अस्ट्रेलियाली पूर्व क्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

सिड्नी ।  अस्ट्रेलियाका पूर्व टेस्ट क्रिकेटर स्टुअर्ट म्याकगिललाई बिहीबार कोकिन आपूर्तिमा संलग्न भएको

‘अनुचित व्यापार’ अझ सामान्य हुने दक्षिण कोरियाली मन्त्रीको चेतावनी

सियोल । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विश्वव्यापी इस्पात र एल्युमिनियममा लगाइएको भन्सार शुल्कबाट

पाकिस्तानमा रेल अपहरणः तीन सयको उद्दार

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरू कब्जामा लिएको एक यात्रुवाहक रेलमा बन्धक

जर्मनीमा नवीकरणीय ऊर्जाबाट लगभग ६० प्रतिशत बिजुली उत्पादन हुने

बर्लिन । जर्मनीको बिजुली उत्पादनको ५९.४ प्रतिशत हिस्सा वायु ऊर्जा, सौर्य ऊर्जा, बायोग्यास