लिबियाको तटबाट ५६३ आप्रवासीको उद्धार



त्रिपोली । आप्रवासीका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ५६३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ ।

“मार्च २ देखि ८ सम्म, ५६३ आप्रवासीहरूलाई रोकेर लिबिया फिर्ता पठाइएको थियो,” आईओएमले विज्ञप्तिमा उल्लेख गरेको छ । आप्रवासीमा ४३ महिला र १२ बालबालिका रहेको आईओएमले जनाएको छ । यससँगै एक आप्रवासीको शव पनि बरामद भएको छ ।

आईओएमको तथ्याङ्क अनुसार यस वर्ष अहिलेसम्म जम्मा चार हजार ७६७ आप्रवासीलाई रोकेर लिबियामा फिर्ता पठाइएको छ, जबकि ८२ आप्रवासीको मृत्यु मध्य भूमध्यसागरीय मार्गमा भएको र अन्य ५८ जना बेपत्ता भएका छन् ।

सन् २०२१ मा कुल ३२ हजार चार सय २५ गैरकानूनी आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइयो । सन् २०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको पतनपछि लिबियाले असुरक्षा र अराजकताको सामना गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानमा रेलमा बन्धक बनाइएका १५० यात्रुको उद्धार, कम्तीमा १६ विद्रोहीको मृत्यु’

बीबीसी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा सशस्त्र लडाकुहरूले एउटा यात्रुवाहक रेलमा आक्रमण गरी बन्धक

अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता छैनः ट्रम्प

  वासिङटन । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी

गाजामा इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । गाजा पट्टीमा विगत एक दिनमा इजरायली आक्रमणमा चार जनाको मृत्यु भएको

अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि युक्रेन सहमत

बीबीसी । युक्रेनले अमेरिकी प्रस्तावलाई स्वीकार गर्दै ३० दिने अस्थायी युद्धविरामको लागि सहमति