इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’ : इरान



तेहरान । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भने, “यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो । तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानलाई कुनै पनि प्रकारको आर्थिक वा वित्तीय राहत प्रदान गर्न नदिनका लागि छुटको नवीकरण नगर्ने निर्णय गरेको जनाएको छ ।

इरानले इराकको लागि एक तिहाइ ग्यास र बिजुली आपूर्ति गर्दछ र यसले तेहरानलाई पर्याप्त आय प्रदान गर्दछ ।

सन् २०१८ मा ट्रम्पले इरानसँगको ऐतिहासिक आणविक सम्झौताबाट अमेरिका पछि हटेपछि वासिङ्टनले तेहरानमाथि पुनः प्रतिबन्ध लगाएको थियो ।

ट्रम्पले हालै इरानसँग नयाँ आणविक सम्झौता गर्न आह्वान गरेका छन् र शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीलाई नयाँ वार्ताका लागि दबाब दिन पत्र लेखेका छन् । यद्यपि, इरानले आफूलाई कुनै पत्र प्राप्त नभएको बताएको छ ।

पत्रमा उनले इरानले सम्झौता गर्न नमानेमा सैन्य कारबाही हुनसक्ने चेतावनीसमेत दिएका थिए ।
शनिबार खामेनीले ट्रम्पको धम्कीपछि ‘जिस्काउने’ रणनीतिको आलोचना गरेका थिए ।

उनले अमेरिकाको नाम उल्लेख नगरीकन तर अमेरिकालाई सङ्केत गर्दै भने, “केही सरकारहरूले धम्क्याउने शब्दभन्दा अरू केही थाहा छैन । तिनीहरूलाई विदेशी व्यक्ति र नेताहरूका लागि उपयुक्त शब्दहरू केही थाहा छैन।”

उनले भने, “उनीहरूको वार्ता समस्या समाधान गर्ने उद्देश्यले होइन, उनीहरूको उद्देश्य प्रभुत्व कायम गर्नु हो।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जासूसी गरेको आरोपमा दुई बेलायती ’कूटनीतिज्ञ’लाई देश निकाला गर्ने रूसको भनाइ

मस्को । रूसले जासुसी गतिविधि गरेको आरोपमा दुई बेलायती ‘कूटनीतिज्ञ’लाई देश निकाला गर्ने

अमेरिकाले ८३ प्रतिशत ‘युएसएआईडी’ कार्यक्रम रद्द गर्ने

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार अमेरिकाले अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग

पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रवासी’को गोली हानी हत्या

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको

युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको