ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर मुम्बईमा ४ जनाको मृत्यु



मुम्बई । मुम्बईको नागपाडाको मिन्ट रोडमा गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै निर्माणाधीन भवनमा पानीको ट्याङ्की सफा गर्ने क्रममा निसास्सिएर चार जना कामदारको मृत्यु भएको छ ।

निसास्सिएर हसिपाल शेख (१९), राजा शेख (२०), जिउल्ला शेख (३६) र इमान्डु शेख (३८) का मृत्यु भएको प्रहरीले जनाएको छ । पानी ट्याङ्कीमा उपस्थित पाँचौं कामदार पुरहान शेख (३१) लाई अस्पतालमा भर्ना गरिएको र उनको उपचार भइरहेको छ ।

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशन (बीएमसी) अधिकारीहरूका अनुसार, घटना मिन्ट रोड नागपाडा मुम्बईको गुड लक मोटर ट्रेनिङ स्कूल नजिकै १२.२९ बजे भएको र मुम्बई फायर ब्रिगेड (एमएफबी) लाई १.३५ बजे रिपोर्ट गरिएको जनाएको छ । बीएमसी अधिकारीहरूले एक मजदुरलाई अस्पतालमा भर्ना गरी उपचार भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा तीन ‘आप्रवासी’को गोली हानी हत्या

क्वेटा । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको

इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’ : इरान

तेहरान । इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध

युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको

रुससँगको युद्ध अन्त्यका लागि अमेरिकासँग वार्ता गर्न युक्रेन तयार

किएभ । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण