सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी
बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा नगरे हमासलाई सफाया गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फ सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने चेतावनी दिएका हुन् ।
उनले भनेका छन्, ‘म इजरायललाई काम सम्पन्न गर्न आवश्यक पर्ने सबै कुरा पठाउँदै छु । यदि हमासले मेरो कुरा मानेनन् भने उनीहरूका एकजना पनि सदस्य सुरक्षित हुने छैनन् ।’
यद्यपि उनले इजरायललाई कस्तो प्रकारको सहयोग पठाउँदैछन् भनेर स्पष्ट पारेका छैनन् । ह्वाइट हाउसले बन्धक मुद्दामा हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि ट्रम्पको यस्तो चेतावनी आएको हो । ट्रम्पको यो चेतावनी ह्वाइट हाउसमा हालै युद्धविरामअन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो ।