दक्षिण अफ्रिकामा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु



जोहानेसबर्ग । दक्षिण अफ्रिकाको केन्द्रीय प्रान्त फ्रि स्टेटमा बुधबार बिहान दुईवटा सवारीसाधन आपसमा ठोक्किँदा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

राज्य पुलिसले जारी गरेको विज्ञप्ति अनुसार, दुर्घटना स्थानीय समय अनुसार बिहान ४ः२० बजे प्रान्तको रेडर्सबर्ग र स्मिथफिल्डको बीचको एन६ सडकमा भयो, जब ३५ यात्रु बोकेको बस एक ट्रकसँग ठोक्किएको थियो ।

“दुई वर्षीया बालिका, छ जना महिला र तीन पुरुष गरी दश जनाको घटनास्थलमै मृत्यु भयो । दुर्घटनामा ट्रक र बस दुवैका चालक जोगिए,” प्रहरीले जनाएको छ । “पाँच गम्भीर घाइते यात्रुहरूलाई ब्लोमफन्टेनको अस्पतालमा लगियो, जबकि २२ घाइते यात्रुहरूलाई स्मिथफिल्डको अस्पतालमा उपचार गरियो ।”

ट्रक विपरीत दिशामा जाँदै गरेको प्रारम्भिक रिपोर्टहरूले सङ्केत गरेको प्रहरीले जनाएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारणको लागि अनुसन्धान सुरु गरेको विज्ञप्तिमा भनिएको छ ।

घटनास्थलमा आपतकालीन टोली खटिएकाले प्रहरीले सवारी चालकलाई उक्त क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियामा सेनाको विमानले गलत स्थानमा विस्फोटक पदार्थ खसाल्दा केही सर्वसाधारण घाइते

सियोल । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका

रोहिङ्ग्या शरणार्थीको खाद्यान्न सहायता आधा घटाइने

बंगलादेश । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १०

सबै बन्धकलाई तत्काल रिहा नगरे हमासका कुनै पनि सदस्य सुरक्षित नरहने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्धक रिहा नगरे हमासलाई सफाया गर्ने चेतावनी

चीनमा छेपारोको नयाँ प्रजाति फेला

चेङ्दु । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा छेपारोको नयाँ प्रजाति फेला परेको