बङ्गलादेशको वैदेशिक मुद्रा सञ्चिति २१ अर्ब अमेरिकी डलर पुग्यो



ढाका । विदेशी कामदारहरूबाट आउने रेमिट्यान्समा भएको वृद्धिका कारण बङ्गलादेशको विदेशी मुद्रा सञ्चिति फेब्रुअरीको अन्त्यसम्ममा लगभग २१ अर्ब अमेरिकी डलर पुगेको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का अनुसार गत महिनाको अन्तिम फेब्रुअरी २७ सम्ममा देशको विदेशी मुद्रा सञ्चिति २० अर्ब ९० करोड डलर रहेको बङ्गलादेश बैङ्कको तथ्याङ्कले देखाएको छ । जनवरीको अन्त्यसम्ममा विदेशी मुद्रा सञ्चिति १९ अर्ब ९६ करोड अमेरिकी डलर रहेको थियो ।

यद्यपि, कूल सञ्चिति फेब्रुअरीको अन्त्यमा २६.१४ अर्ब डलर रहेको थियो । गत महिना विदेशी मुद्रा सञ्चिति बढाउन रेमिट्यान्सले महत्वपूर्ण भूमिका खेलेको अधिकारीहरुले बताएका छन् ।

बङ्गलादेशका लागि विदेशी मुद्राको प्रमुख स्रोत मध्ये एक रेमिट्यान्स फेब्रुअरीमा वार्षिक रूपमा २५ प्रतिशतले बढेर २.५३ अर्ब डलर पुगेको तथ्याङ्कले देखाएको छ । फेब्रुअरीको रेमिट्यान्स सन् १९७१ यता देशको इतिहासमा चौथो ठूलो मासिक प्रवाह भएको बताइएको छ । गत वर्षको डिसेम्बरमा बङ्गलादेशले अहिलेसम्मकै उच्च मासिक रेमिटेन्स आप्रवाह २.६४ अर्ब डलर रेकर्ड गरेको बङ्गलादेश बैङ्कले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

सङ्कुचित विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन केन्द्रीय बैङ्कले हालैका वर्षहरूमा विदेशमा बसोबास गर्ने र काम गर्ने लाखौं बङ्गलादेशीहरूलाई थप रेमिटेन्स आकर्षित गर्न प्रोत्साहन सहितका उपायहरू अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राविधिक समस्याका कारण स्पेसएक्सको स्टारशिप प्रक्षेपण स्थगित

लस एन्जलस । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो

अमेरिकामा दादुराको प्रकोप बढ्दो

ह्युस्टन । अमेरिकी सेन्टर फोर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी)ले सन् २०२३ को

इन्डोनेसियाद्वारा नवीकरणीय ऊर्जा परियोजनामा ठूलो लगानी

जकार्ता । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी

जापानको श्रम बजार स्थिर

टोकियो । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको