पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु



भारत । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ ।

पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना खसेको थियो । प्रहरीका अनुसार परिवारका सदस्य सुतिरहेका बेला माथिको छत खसेको थियो ।

“घटना लगत्तै स्थानीयहरूले उद्धार कार्य गरे र उनीहरू सबैलाई भग्नावशेषबाट निकाले । उनीहरूलाई अस्पताल लगिए पनि त्यहाँका डाक्टरहरूले उनीहरूलाई मृत घोषणा गरे,” एक प्रहरी अधिकारीले बताए ।

घर जीर्ण अवस्थामा रहेको प्रहरीले जनाएको छ । यसैबीच, प्रहरीले घटनामा मुद्दा दर्ता गरी अनुसन्धान गर्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीएमडब्लुले ‘म्युनिख प्लान्ट’ लाई पूर्ण रूपमा ईभीमा रूपान्तरण गर्ने

म्युनिख । । बीएमडब्लु समूहले ‘म्युनिख प्लान्ट’ लाई सन् २०२७ सम्ममा पूर्ण रूपमा विद्युतीय

गाजामा भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु

गाजा । इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु

युरोपेली नेताहरू लन्डन शिखर सम्मेलनमा युक्रेनलाई समर्थन बढाउन तत्पर

किएभ र वासिङ्टनबीचको आश्चर्यजनक झडपपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै

हमासलाई नयाँ युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिने प्रयासमा इजरायलद्वारा गाजामा सहयोग कटौती

तेल अभिभ (इजरायल)। इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको