बालबालिका अपहरण तथा बेचबिखन गरेको अभियोगमा चीनमा एकजनालाई मृत्युदण्ड



गुइयाङ । चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।

दक्षिणपश्चिम चीनको गुइझोउ प्रान्तको गुइयाङ इन्टरमीडिएट पिपुल्स कोर्टले यु हुयिङलाई सुनाइएको मृत्युदण्डको सजायलाई सर्वोच्च जनअदालतबाट अनुमोदन गरेपछि मृत्युदण्ड दिइएको हो ।

सन् १९९३ देखि २००३ को बीचमा युले गुइझोउ, चोङकिङ र युन्नानका बालबालिकालाई अपहरण गरी पैसाका लागि बेचेको अदालतबाट ठहर भएको थियो ।

सन् २०२४ अक्टोबर २५ मा भएको पहिलो आपराधिक फैसलामा युलाई बाल तस्करीको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो । युले गुइझोउ प्रान्तीय उच्च जनअदालतमा अपील गरेपनि उनको अपील अस्वीकृत गर्दै दोस्रो पटकको सुनुवाईपछि मृत्युदण्डको सजायलाई सदर गरिएको थियो ।

अदालतले ती महिलालाई आजीवन राजनीतिक अधिकारबाट बञ्चित गर्दै उनको सबै व्यक्तिगत सम्पत्ति जफत गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बेल्जियमको नर्सिङ होममा छुरा प्रहार गरी दुई जनाको हत्या

ब्रसेल्स । बेल्जियमको एक नर्सिङ होममा बस्ने दुई जना वृद्धको छुरा प्रहार गरी

पाकिस्तानमा यात्रु बस दुर्घटना हुँदा आठ जनाको मृत्यु, १५ घाइते

इस्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा शुक्रबार यात्रु बस दुर्घटना हुँदा  कम्तीमा आठ

उत्तराखण्डको चमोली जिल्लामा ठूलो हिमपहिरो , सडक निर्माणमा खटिएका ४७ जना फसे

उत्तराखण्ड । भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठूलो हिमपहिरो गएको छ । हिमपहिरोमा परीसडक

भारतको रक्षा र सुरक्षा साझेदारीमा इयुको नजर

नयाँदिल्ली । युरोपेली सङ्घ (इयु) ले भारतसँग सुरक्षा र रक्षा साझेदारी अन्वेषण गरिरहेको