दक्षिण कोरियाका राष्ट्रपति युनविरूद्धको महाभियोगको अन्तिम सुनुवाइ सुरु



सियोल । दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उनलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।

युनले गरेको ‘नागरिक शासन’को अल्पकालीन निलम्बन (मार्शल ल लगाउने निर्णय)ले दक्षिण कोरियालाई राजनीतिक उथलपुथलमा फसाएको थियो र डिसेम्बरमा संसदले उनीविरूद्ध महाभियोग लगाउँदै पदबाट हटाउने निर्णय गरेको थियो ।

विद्रोहको आरोपमा गत महिना पक्राउ परेदेखि नै ६४ वर्षीय निलम्बित राष्ट्रपति युन जेलमा छन् । यसका लागि उनलाई आजीवन कारावास वा मृत्युदण्डको सजाय समेत हुन सक्छ । उनको मुद्दा गत सातादेखि सुरु भएको थियो ।

सियोलस्थित संवैधानिक अदालतमा महाभियोगको हप्तौँदेखिको सुनुवाइपछि मङ्गलबारको अदालती सत्र उनको सुनुवाईको अन्तिम सत्र हो, अहिलेसम्मका सुनुवाईको आधारमा आठ जना न्यायाधीशले उनको भाग्यको अन्तिम फैसला गर्नेछन् ।

एएफपीका एक पत्रकारका अनुसार स्थानीय समयानुसार अपराह्न २ बजे युनको अनुपस्थितिमा नै मुद्दाको सुनुवाइ सुरु भएको थियो । सुनुवाईका लागि सत्तारुढ दल पिपुल्स पावर पार्टीका केही सांसद भने उपस्थित थिए ।

सन् २०२४ मा अमेरिकी सर्वोच्च अदालतले डोनाल्ड ट्रम्पविरुद्ध संयुक्त राज्य अमेरिकाको फैसलालाई नजिर बनाउँदै युनको प्रतिरक्षा टोलीले अपदस्थ राष्ट्रपतिलाई ‘आफ्नो मूल संवैधानिक अधिकार प्रयोग गरेको’ ले दण्डित गर्न नमिल्ने तर्क गरेको थियो।

युनका वकिल ली डोङ चानले उक्त फैसलालाई महाभियोगको प्रक्रियाका सन्दर्भमा विचार गर्नुपर्ने बताएका थिए ।

मङ्गलबार युनका वकीलहरूले निलम्बित राष्ट्रपति युनकोे प्रतिरक्षामा अन्तिम तर्क प्रस्तुत गर्ने अपेक्षा गरिएको छ भने संसदका प्रतिनिधिहरूलाई उहाँलाई हटाउनका लागि मुद्दा प्रस्तुत गर्न समय दिइएको छ। अदालत बाहिर यून समर्थक प्रदर्शनकारीले ‘महाभियोग हटाउनुहोस्’ भन्दै नाराबाजी गरेका थिए ।

केहीले चिनियाँ कम्युनिस्ट पार्टी र उत्तर कोरियाको निन्दा गर्ने साइनबोर्ड राखेका थिए । युनका केही समर्थकले चीन र उत्तर कोरियामाथि बिना प्रमाण दक्षिण कोरियाली चुनावमा विपक्षीको फाइदाका लागि हस्तक्षेप गरेको आरोप लगाएका छन्।

सन् २०२० को चुनावमा जो बाइडेनसँग पराजित हुँदा अमेरिकी राष्ट्रपति ट्रम्पले मतदातालाई धाँधली गरेको झुटो दाबी गरेको प्रतिविम्बित गर्दै अन्यले ‘स्टप द स्टिल’ लेखिएको साइनबोर्ड बोकेका थिए । युनको भाग्यबारे आउने फैसला मार्चको मध्यतिर आउने अपेक्षा गरिएको छ ।

यसअघि महाभियोग लगाइएका राष्ट्रपतिहरू पार्क ग्युन हे र रोह मू ह्युनले आफ्नो भाग्यको फैसलाका लागि सुनुवाई सकिएको क्रमशः ११ र १४ दिन पर्खनुपरेको थियो। यदि युनलाई पदबाट हटाइयो भने ६० दिनभित्र देशमा नयाँ राष्ट्रपतीय निर्वाचन हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म्याक्रोनले ट्रम्पसँगको युक्रेन वार्ताबारे इयु नेताहरूलाई जानकारी दिने

ब्रसेल्स । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले युक्रेनलाई युरोपेली समर्थनसम्बन्धी आपत्कालीन शिखर सम्मेलनअघि अमेरिकी

अन्तरद्वन्द्वबाट देश ‘ जोखिममा ’ रहेको बङ्गलादेशका सेना प्रमुखको चेतावनी

ढाका ।  बङ्गलादेशका सेना प्रमुखले गत अगस्टमा सरकारलाई अपदस्थ गर्ने विद्यार्थी नेतृत्वको क्रान्तिको

पुटिन रक्षा खर्चलाई पारस्परिकरूपमा कटौती गर्न पुटिनको सहमति, चीनको असहमति

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस, संयुक्त राज्य अमेरिका र चीनले आफ्नो

दक्षिण कोरियामा पुल भत्किँदा दुई चिनियाँसहित चार जनाको मृत्यु, छ घाइते

सियोल । । दक्षिण कोरियाको एक द्रुतमार्ग निर्माणस्थलमा मङ्गलबार पुल भत्किँदा दुई चिनियाँ नागरिकसहित