पाकिस्तानमा निर्वाचनको आलोचना गर्ने एनजिओ प्रमुखको घर सिल



 

इस्लामावाद । गत वर्षको राष्ट्रिय निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै प्रतिवेदन लेख्ने एक एनजिओ प्रमुखको घर पाकिस्तानी अधिकारीहरूले सिल गरेको उनले बताएका छन् ।

सन् २०२४ फेब्रुअरीको निर्वाचन देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खान जेलमा रहेको र चुनाव लड्न प्रतिबन्धित भएको अवस्थामा भएको थियो र शक्तिशाली सेनासँग नजिक मानिने दलहरूको गठबन्धनले सत्ता हासिल गरेको थियो ।

यस महिना एनजिओ पट्टनले निर्वाचनबारे एक प्रतिवेदन प्रकाशित ग¥यो र एक वक्तव्यमा यसलाई ‘अभूतपूर्व रूपमा धाँधली भएको’ र ‘मतदान धाँधली, जालसाजी र हेरफेर’ भएको बताएको थियो ।

हाल लन्डनमा रहेका पट्टनका प्रमुख सरवर बारीले राजधानी इस्लामाबादमा रहेको आफ्नो घर शुक्रबार राति सिल गरिएको बताए । “यो स्पष्ट रूपमा प्रतिवेदनको प्रतिक्रियामा गरिएको हो”, उनले भने ।

उनकी श्रीमती आलिया बानोले प्रहरी अधिकारी, मजिस्ट्रेट र इस्लामाबाद प्रशासनका अधिकारीहरूसहित करिब दुई दर्जनको टोलीले सम्पत्ति सिल गरेको बताए ।

एएफपीले देखेको निवासलाई सिल गर्ने न्यायाधीशको आदेशमा पट्टनको एनजिओको रूपमा दर्ता २०१९ मा रद्द गरिएको र यो गैरकानूनी रूपमा सञ्चालन भइरहेको उल्लेख गरिएको थियो ।

बारीले आफ्नो निवासलाई प्रायः पट्टनका बैठक र पत्राचारका लागि प्रयोग गर्ने गरेको तर यो मुख्यतया आफ्नो घर भएको कुरामा जोड दिए ।

पाकिस्तान मानव अधिकार आयोगले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा जारी एक वक्तव्यमा उहाँको घर सिल गरिएको समाचारप्रति ‘चिन्तित’ भएको जनाएको छ ।

“नागरिकहरूविरुद्ध यस्ता धम्कीपूर्ण रणनीतिहरू अस्वीकार्य छन्”, वक्तव्यमा भनिएको छ, “यो मामिलाको तत्काल अदालतमा सुनुवाइ हुनुपर्छ ।”

पट्टनले सन् २०२४ फेब्रुअरी ८ मा भएको राष्ट्रिय निर्वाचनको सार्वजनिक छानबिनको माग गरेको छ ।

मतदानअघि पूर्व प्रधानमन्त्री खानको पार्टीलाई व्यापक दमनद्वारा लक्षित गरिएको थियो । यस क्रममा धेरै वरिष्ठ नेताहरू पक्राउ परेका थिए र उनीहरूको सडक अभियान अवरुद्ध भएको थियो ।

मतदानको केही दिनअघि खानलाई भ्रष्टाचार, राजद्रोह र अवैध विवाह लगायतका तीनवटा अपराधमा दोषी ठहर गरिएको थियो ।

मतदानको दिन मोबाइल इन्टरनेट बन्द गरिएको थियो । यसलाई इस्लामाबादले सुरक्षा चिन्ताहरू समाधान गर्न आवश्यक भएको बताएको थियो ।

सामाजिक सञ्जाल प्लेटफर्म एक्स मतदानपछि धाँधलीका आरोपहरू सार्वजनिक गर्न प्रयोग गरिएपछि प्रतिबन्धित छ ।

अवरोधहरूका बाबजुद खानप्रति वफादार उम्मेदवारहरूले अन्य कुनै पनि पार्टीभन्दा बढी सिट जिते तर सेनाका मित्र मानिने दुई पूर्व प्रतिद्वन्द्वी दलको नेतृत्वमा रहेको गठबन्धनले उनीहरूलाई सत्ताबाट बाहिर राख्यो ।

विश्लेषकहरूका अनुसार पाकिस्तानको सेनाले कयौँ दशकसम्म देशमा प्रत्यक्ष शासन गरेको छ र नागरिक राजनीतिमा अझै पनि ठूलो शक्ति कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिम किनाराका तीन शरणार्थी शिविर ‘खाली’ गरियो

जेरुसेलम। इजरायली रक्षा मन्त्रालयले कब्जा गरिएको पश्चिमी किनाराको उत्तरमा रहेका तीन वटा शरणार्थी

इजरायलद्वारा प्यालेस्टिनी कैदीको रिहाइमा ढिलाइ

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासले बन्धक रिहाइका समय गर्ने ‘अपमानजनक समारोह’

पोप फ्रान्सिसको स्वास्थ्य जटिल

भ्याटिकन सिटी। क्रिश्चियन धर्मगुरू पोप फ्रान्सिसको अवस्था गम्भीर रहेको भ्याटिकनस्थित उनको कार्यालयले जनाएको

ग्रिनेड विस्फोट हुँदा कम्बोडियामा दुई बालबालिकाको मृत्यु

नोमपेन । कम्बोडियामा भएको गृहयुद्धताका प्रयोग भएको विश्वास गरिएको हवाइ आक्रमणका लागि प्रयोग