भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाइ



नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छिन् ।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदीका अलावा भाजपाका अन्य नेताहरु पनि उपस्थित थिए । । समारोहमा प्रधानमन्त्री मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियन मन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए ।

दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनय कुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

समारोहमा मुख्यमन्त्री गुप्ताले सपथ ग्रहण गरेसँगै उहाँको मन्त्रीमण्डलमा भाजपाका प्रवेश वर्मा, मनजिन्दर सिंह सिरसा, रविन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकज कुमार सिंहले मन्त्रीपदको सपथ लिएका छन् ।

राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई सङ्घीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति शपथ लिएको मितिदेखि लागू हुनेछ ।’ ७० सदस्यीय दिल्ली विधानसभामा भाजपाले ४८ सिट जितेको छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुप्ताको तल्लो तहको देखि महत्वपूर्ण राजनीतिदेखि मुख्यमन्त्री पदसम्मको यात्राबारे प्रकाश पार्दै उनको नेतृत्वमाथि विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘गुप्ताजीलाई दिल्लीको मुख्यमन्त्री को रूपमा शपथ लिनुभएकोमा बधाई । उहाँ क्याम्पसको राजनीति, राज्य सङ्गठन, नगरपालिका प्रशासन र अहिले विधायक र मुख्यमन्त्रीमा सक्रिय हुनुहुन्छ। मलाई विश्वास छ, उहाँले दिल्लीको विकासका लागि पूर्ण उत्साहका साथ काम गर्नुहुनेछ । फलदायी कार्यकालका लागि उहाँलाई मेरो शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हमासले शुक्रबार फिर्ता गरेको अवशेष शिरी बिबासको पनि भएको परिवारद्वारा पुष्टि

जेरुसेलम । शुक्रबार इजरायलमा फिर्ता गरिएका अवशेषहरूमध्ये सन् २०२३ अक्टोबर ७ मा प्यालेस्टिनी

जेलेन्स्कीले ‘धेरै छोटो अवधिमा’ खनिज सम्झौतामा हस्ताक्षर गर्ने ह्वाइट हाउसको दाबी

नेसनल हार्बर । ह्वाइट हाउसले युक्रेनले ‘धेरै छोटो अवधिमा’ वासिङ्टनलाई यसको खनिज भण्डारहरूमा

अमेरिका र चीनका आर्थिक नेताहरूद्वारा पहिलो फोन वार्तामा ‘गम्भीर चिन्ता’ व्यक्त

  राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव बढेको बेला

नेतन्याहुमाथि सिरी र केटाहरूलाई ‘त्यागेको’ बिबास परिवारको आरोप

  जेरुसेलम । इजरायलको बिबास परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि हमासको सन् २०२३ को