सिरियामा नयाँ सरकार गठनको तयारी
दमास्कस । सिरियाका विदेशमन्त्री असद अल–शैबानीले बुधबार सिरियामा मार्चमा नयाँ सरकार गठन हुने बताएका छन् ।
“नयाँ सरकारले सिरियाली जनसङ्ख्याका सबै वर्गहरूको प्रतिनिधित्व गर्नेछ,” अल–शैबानीले भने ।
“सबै सिरियालीहरूले यो परिवर्तनमा भूमिका खेलेका थिए । हामी कुनै पनि परिवर्तनका साथ आउने चिन्ताहरू बुझ्दछौं र हामी हाम्रा जनतामा विश्वास जगाउन काम गरिरहेका छौं,” उनले भने । नयाँ संविधानले सबै नागरिकहरूको लागि मार्गनिर्देशन ढाँचाको रूपमा काम गर्नेछ ।
अल–शैबानीले सिरियाको नयाँ नेतृत्वलाई पश्चिमी प्रतिबन्ध हटाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे । “हरेक आर्थिक विज्ञले हामीले सामना गरिरहेको सङ्कट बुझ्दछ ।”
राज्यका पुनर्निर्माणमा समय लाग्ने भए पनि प्रारम्भिक प्रगति भएको उनले बताए । “बजारहरू फेरि खुलेका छन् । विश्वविद्यालय पुनः सञ्चालनमा छन् र कर्मचारीहरू काममा फर्केका छन् ।”
“एक वर्षमा, सिरियाले संसारलाई पुनः परिभाषित गर्नेछ । पाँच वर्षमा, यहाँ हामीले हासिल गरेको प्रगतिको बारेमा कुरा गर्नेछौं,” उनले भने ।
अल–शैबानीले छिमेकी जोर्डनसँग सिरियाको सम्बन्ध सुदृढ भएको र इराकी पक्षको निमन्त्रणामा कूटनीतिक वार्ताका लागि छिट्टै बग्दाद जाने बताए ।