इरानमा आतङ्कवाद विरोधी अभियानमा चार बिद्रोहीको मृत्यु



तेहरान । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आइआरजीसी) ले शुक्रबार दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा चार आतङ्कवादीलाई मारेका जनाएको छ ।

यो अपरेशन चलिरहेको आतङ्कवाद विरोधी अभ्यासको एक हिस्सा थियो, जसलाई ‘शहीदहरूको संरक्षण’ भनिन्छ । यो नोभेम्बर १ देखि आइआरजीसी को कुड्स बेसको परिचालन एकाइहरूद्वारा संयुक्त रूपमा गरिएको आधिकारिक समाचार एजेन्सी (आईआरएनए) प्रवक्ता अहमद शफेईले बताए ।

रस्क काउन्टीमा शुक्रबारको अपरेशनको क्रममा एक आइआरजीसी सदस्य शहीद भएको छ । “आतङ्कवादीहरूबाट एउटा गाडी र ठूलो मात्रामा हतियार र गोलाबारुद बरामद गरिएको थियो,” शाफेईले भने ।

प्रवक्ताले प्रान्तका सबै आतङ्कवादी र ठगहरूलाई समाप्त नगरेसम्म तथा सबै सुरक्षा उद्देश्यहरू प्राप्त नभएसम्म उक्त अभ्यास जारी रहने जोड दिए ।
शाफेईले अभ्यासको क्रममा कुल आठ आतङ्कवादी मारिएका र १४ अन्यलाई गिरफ्तार गरिएको बताए ।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान र बलुचेस्तान प्रान्तमा विगतका वर्षहरूमा सर्वसाधारण र सुरक्षा बल दुवैमाथि धेरै आतङ्ककारीले आक्रमण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नाइजेरियामा कम्तीमा ४० जना किसानको हत्या

नाइजेरिया । जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तिमा ४०

लस एन्जलसको डढेलो लागेको क्षेत्रमा फेरि ठूलो हुरीको चेतावनी

बीबीसी । अमेरिकाको क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले ठूलो हुरीको चेतावनी दिएसँगै त्यहाँ लागेको आगोले

गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्यु

जेरुसेलम । उत्तरी गाजा पट्टीमा चार इजरायली सैनिकको मृत्यु भएको छ । इजरायलको

इन्डोनेसियाले अन्तर्राष्ट्रिय कार्बन व्यापार सुरु गर्ने

जकार्ता । इन्डोनेसियाली सरकारले जनवरी २० मा आफ्नो पहिलो विदेशी कार्बन व्यापार सुरु