फ्रान्सबाट एकैदिन एक हजार आप्रवासी बेलायत प्रवेश



लण्डन । फ्रान्सबाट बेलायत जाने प्रयासमा एकैदिनमा ९ सय ७३ आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरेका छन् भने यात्राको क्रममा अन्य चार जनाको मृत्यु भएको बेलायतको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा प्रकाशित तथ्याङ्क यस वर्षको एकैदिनमा च्यानल पार गर्ने आप्रवासीको सबैभन्दा बढी सङ्ख्या हो ।

गैरकानुनी रुपमा बेलायत प्रवेश गर्नका लागि ओभरलोड डुङ्गामा खतरनाक यात्रा गर्दा दुर्घटना भई दुई वर्षीय बालक र तीन वयस्कको मृत्यु भएको हो ।

यो घटनापछि यसवर्ष च्यानल पार गर्ने प्रयासमा मृत्यु हुने आप्रवासीको सङ्ख्या ५१ पुगेको पास–डे–क्यालाइस क्षेत्रका लागि फ्रान्सेली अधिकारी ज्याक बिलान्टले बताए ।

बेलायतको गृह मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२४ मा २६ हजार ६०० भन्दा बढी आप्रवासीहरूले साना डुङ्गामार्फत च्यानल पार गरिसकेका छन् ।

बेलायतका गृहमन्त्री यभेट कुपरले शनिबार गैरकानुनी रुपमा च्यानल पार गर्ने क्रममा धेरै मानिसहरूले ज्यान गुमाइसकेको बताए ।

“आपराधिक तस्करहरुको गिरोहले यस्ता जोखिमपूर्ण यात्रा आयोजना गर्छन“, उहाँले सामाजिक सञ्जाल एक्समा लेखेका थिए, “मानिसहरू बाँच्छन् वा मर्छन् भन्ने कुराले उनीहरुलाई कुनै फरक पर्दैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इजरायली हवाई आक्रमणमा गाजामा १७ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले जबलियामा इजरायली हवाई आक्रमणमा हुँदा कम्तिमा १७ जनाको मृत्यु

मुम्बईमा आगलागी हुँदा सात जनाको मृत्यु

मुम्बाई । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको मुम्बई सहरमा आइतबार एक भवनमा आगलागी हुँदा

बोस्नियामा बाढीपहिरोका कारण १३ जनाको मृत्यु, दर्जनौँ घाइते

बोस्निया । बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको

श्रीलङ्काको पर्यटन आयमा वृद्धि

कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा