श्रीलङ्काको पर्यटन आयमा वृद्धि



कोलम्बो । श्रीलङ्कामा सन् २०२४ को पहिलो नौ महिनामा पर्यटन क्षेत्रबाट सङ्कलित राजस्वमा करिब ६१ प्रतिशतले वृद्धि भएको केन्द्रीय बैङ्क अफ श्रीलङ्का (सीबीएसएल) को तथ्याङ्कले देखाएको छ ।

श्रीलङ्काले सन् २०२४ को पहिलो नौ महिनामा पर्यटनबाट दुई अर्ब ३५ करोड डलर आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिमा एक अर्ब ४६ करोड डलर रहेको थियो ।

यस दक्षिण एसियाली देशले गत सेप्टेम्बरको महिनामा मात्र पर्यटन क्षेत्रबाट १८ करोड १० लाख अमेरिकी डलर आम्दानी गरेको सीबीएसएल तथ्याङ्कमा उल्लेख भएको छ ।

यसैबीच, श्रीलङ्कामा गत सेप्टेम्बरमा एक लाख २२ हजार १४० जना पर्यटक भ्रमण गरेका थिए । यो सन् २०२३ को सेप्टेम्बर महिनाको तुलनामा नौ दशमलव ११ प्रतिशतले बढी हो ।

श्रीलङ्कामा पहिलो नौ महिनामा कुल १४ लाख ८० हजार पर्यटक भ्रमण गरेका छन् भने यस वर्षको अन्त्यसम्म २३ लाख पर्यटक भित्राउने अपेक्षा गरिएको छ ।

पर्यटन श्रीलङ्काको लागि प्रमुख विदेशी राजस्व स्रोत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बोस्नियामा बाढीपहिरोका कारण १३ जनाको मृत्यु, दर्जनौँ घाइते

बोस्निया । बोस्निया र हर्जगोभिनामा अकस्मात आएको बाढीपहिरोका कारण १३ जनाको मृत्यु भएको

इरान जस्तोसुकै इजरायली हमलाको जवाफ दिन तयार

तेहरान । इरानले सम्भावित इजरायली आक्रमणको जवाफ दिने योजना तयार पारेको इरान सञ्चारमाध्यमले

इजरायलद्वारा सिरियामा रहेको इरानी अटोमोबाइल कारखानामा आक्रमण

दमास्कस ।  । सिरियाको मध्य प्रान्त होम्समा रहेको इरानी अटोमोबाइल कारखानामा आइतबार तीनवटा

इजरायल–हमास युद्ध अन्त्यका लागि बेलायत, जर्मनी र फ्रान्सको आग्रह

लण्डन । इजरायल-हमास युद्ध तत्काल रोक्न युद्ध विराम गरिनुपर्ने बेलायत, जर्मनी र फ्रान्सले