यसवर्ष बङ्गलादेशमा चट्याङ लागेर तीनसय जनाको मृत्यु



ढाका । बङ्गलादेशमा यसवर्ष चट्याङमा परी करिब तीनसय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश ग्रामीण क्षेत्रका किसान रहेका छन् ।

यस वर्षको फेब्रुअरीदेखि सेप्टेम्बरसम्मको अवधिमा चट्याङका कारण २४२ पुरुष र ५५ महिला गरी २९७ जनाको मृत्यु भएको छ ।

‘सेभ द सोसाइटी एन्ड थन्डरस्टर्म अवेयरनेस फोरम –एसएसटीएफ)’ ले शनिबार ढाकामा पत्रकार सम्मेलन गरी मृत्यु हुनेको सङ्ख्या सार्वजनिक गरेको हो ।

सन् २०१९ देखि चट्याङबाट हुने क्षतिको अनुगमन गरिरहेको एसएसटीएफले यस अवधिमा ७३ जना घाइते भएको बताएको छ ।

चट्याङ लागेर ज्यान गुमाउनेमा अधिकांश ग्रामीण क्षेत्रका मानिसहरु रहेको र उनीहरू आफ्नो खेतबारीमा काम गरिरहेका समय मृत्यु भएको बताइएको छ ।

एसएसटीएफले राष्ट्रिय दैनिक, स्थानीय दैनिक पत्रपत्रिका, अनलाइन न्यूज पोर्टल र टेलिभिजन च्यानलहरूबाट चट्याङबाट मृत्यु हुनेको तथ्याङ्क सङ्कलन गरेको जनाएको छ ।

बङ्गलादेशमा मौसम परिवर्तन हुने महिनाहरूमा चट्याङ पर्ने र यसका कारण बर्षेनी सयौँले अकालमा ज्यान गुमाउने गरेका उक्त संस्थाले जनाएको छ ।

बङ्गलादेशले हालैका वर्षहरूमा चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या बढेको र विज्ञहरूले यो अवस्थालाई प्रत्यक्ष रूपमा जलवायु परिवर्तनसँग पनि जोडेर हेर्ने गरेका पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतको मेघालयमा बाढीपहिरोमा परी दश जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त