लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी



बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने इजरायली अनुरोधका बाबजुद दक्षिणी लेबनान नछोड्ने जनाएको छ ।

गत सेप्टेम्बर–३० मा इजरायली सेना (आइडिएफ) ले लेबनानमा आक्रमण गर्ने आफ्नो योजनाबारे खुलासा गरेपछि उनीहरूले केही स्थानबाट स्थानान्तरण गर्न अनुरोध गरेको लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय सुरक्षा बलले जनाएको छ ।

सुरक्षा बलले इजरायली अनुरोधको बावजुत शान्ति सेनाहरु सबै स्थानमा उपलब्ध रहने उल्लेख गर्दै निरन्तर रुपमा शान्ति सुरक्षाको पहलसहित संयुक्त राष्ट्रको झण्डा निरन्तर फहराइरहने बताएका छन् ।

यसै क्रममा नियमित रूपमा आफ्नो मुद्रा तथा गतिविधिहरू समायोजन गर्ने जनाउँदै आवश्यक भएमा आकस्मिक योजनाहरू तयारी अवस्थामा रहेको जनाइएको छ ।

इजरायलले सेप्टेम्बर–२३ देखि लेबनानी लडाकू समूह हिजबुल्लाह विरुद्धको अभियानलाई तीव्र बनाएको छ जसमा एक हजार १ सय १० भन्दा बढी मानिसहरु मारिएका छन् भने लाखौं विस्थापित भएका छन् ।

इजरायलले यस हप्ताको सुरुमा दक्षिण लेबनानमा आक्रमण गर्न सुरु गर्ने जनाएको थियो ।

लेबनान र इजरायललाई सुरक्षा परिषद्को प्रस्ताव –१७०१ अनुरुप दिगो शान्तिका पुनप्रतिबद्ध हुन युनिफिलले आग्रह गरेको छ ।

सन् २००६ मा इजरायल र हिजबुल्लाहबिचको युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ले लेबनानी सेना र राष्ट्रसङ्घीय शान्ति सेना दक्षिण लेबनानमा तैनाथ गर्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

निर्वाचन शान्तिपूर्ण हुन्छ वा हुँदैन, मलाई थाहा छैन : बाइडेन

वासिङ्टन । राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने कुरामा विश्वस्त

लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह