भारत फोर–जी प्रविधि विकास गर्ने ६ मुलुकमध्ये एक



 

नयाँदिल्ली । केन्द्रीय मन्त्री ज्योतिरादित्य सिन्धियाले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा फोर–जी प्रविधि विकास गरेका विश्वका छ मुलुकमध्ये भारत एक बनेको बताएका छन् ।

मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) सरकारको कार्यकालको पहिलो एक सय दिनका उपलब्धीहरू सुनाउने क्रममा उनले भने, ‘प्रधानमन्त्रीको उद्देश्य बिएसएनएलका लागि विदेशी प्रविधि समावेश गर्ने फोर–जी विकास गर्नु थियो । साथै, भारतलाई प्रविधि उपकरण उत्पादकका रूपमा पनि स्थान दिनु थियो । यसले हाम्रो क्षमता र दृढ सङ्कल्प झल्काउँछ, जुन प्रधानमन्त्रीको दृष्टिकोणसँग मेल खान्छ ।’

आज आफ्नो फोर–जी प्रविधि स्थापना गर्ने विश्वव्यापी छ मुलुकमध्ये भारत एक रहेको उल्लेख गर्दै उनले भने, ‘हामीलाई यो आत्मनिर्भरता हासिल गर्न विश्वको छैटौँ राष्ट्र बनाएको छ ।’

“पछिल्लो सय दिनमा हामीले सात हजार दुई सय ५८ टावर खडा गरी सञ्चालनमा ल्याएका छौँ । हामीले नौ हजार पाँच सय ६० गाउँमा पूर्ण सञ्चार सेवा प्रदान गरेका छौँ र हाम्रो दोस्रो केन्द्रीत पूर्वाधार क्षेत्र हो”, उनले भने ।

अनुसन्धान र सिक्स–जी इकोसिस्टमअन्तर्गत देशका विभिन्न संस्थामा ८१ वटा फाइभ–जी प्रयोगशालाहरू स्थापना गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’

वेलिङ्टन। न्युजिल्यान्डका वैज्ञानिकहरूले मंगलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् ।

श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) का प्रवक्ताले श्रीलङ्काका लागि आफ्नो विवादास्पद दुई अर्ब

विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै

संयुक्त राष्ट्रसङ्घ । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू

लेबननमा इजरायली हमलामा ४९२ जनाको मृत्यु

बीबीसी । लेबननमा हिजबुल्लाहलाई लक्षित गरेर इजरायलले गरेका भीषण हवाई हमलामा परी कम्तीमा