एकसय भन्दाबढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी



रुस । रूसी क्षेत्रमा रातारात आक्रमण गरिएका १०१ युक्रेनी ड्रोनहरू खसालेको रुसी रक्षा मन्त्रालयले शनिबार जनाएको छ । घटनामा कुनै पनि हताहत नभएको रिपोर्ट गरिएको छ ।

“ड्युटीमा” रहेका हवाई रक्षा प्रणालीहरूले युक्रेनी फिक्स–विङ युएभी ड्रोनहरुहरू नष्ट गरी खसालेकोे रूसको रक्षा मन्त्रालयले टेलिग्राममार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार ब्रायन्स्क क्षेत्रमा ५३ वटा ड्रोन खसालिएको थियो भने ‘ब्लाक सी’ प्रायद्वीपमाथि १८ वटा र बाँकी अन्य क्षेत्रमा खसालिएको थियो ।

क्रास्नोडारका गभर्नर भेनियामिन कोन्ड्रात्येभले ड्रोनबाट खसेको भग्नावशेषले टिखोरेट्स्की जिल्लामा आगलागीसमेत भएको बताएका छन् । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षाको लागि बाहिर निकालिएको भएता पनि कुनै हताहत नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विस्थापित प्यालेस्टाइनीको आश्रयस्थलमा इजरायलको आक्रमण, २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक रक्षा एजेन्सीले शनिबार इजरायली हमलामा २१ जनाको मृत्यु भएको

मुख्यमन्त्री आतिशीले लिइन् शपथ

बीबीसी । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छिन् । शनिबार उपराज्यपाल भीके

मणिपुरमा म्यानमाबाट सन्दिग्ध व्यक्तिहरु प्रवेश गरेका भन्दै सीमा क्षेत्रमा उच्च सतर्कता

मणिपुर । युद्धग्रस्त म्यानमाबाट नौ सय सन्दिग्ध आतङ्कवादी भारतको मणिपुर राज्यमा प्रवेश गरेको

इजरायली आक्रमणमा बेरुतमा हेजबुल्लाह कमान्डरको मृत्यु

बेरुत । लेबनानको बेरुत गढमा शुक्रबार भएको आक्रमणमा १४ जनाको मृत्यु हुनुका साथै