गाजा युद्धविराम प्रयासलाई अगाडि बढाउन अमेरिकी विदेशमन्त्री इजिप्ट भ्रमणमा



कायरो । लेबनानमा भएको ‘पेजर’ विस्फोटको घटनाले गाजामा युद्धविरामको प्रयासलाई थप जटिल बनाएपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बुधबार कायरो आइपुगेका छन् ।

लगभग एक वर्षअघि गाजामा युद्ध सुरु भएदेखि मध्यपूर्वको आफ्नो १०औँ यात्रामा ब्लिन्केनले इजिप्टका अधिकारीहरूसँग वार्ताको प्रयासलाई सम्बोधन गर्ने अमेरिकी विदेश विभागले जनाएको छ ।

ब्लिन्केनले भेटका क्रममा इजिप्टका नेता अब्देल फताह अल–सिसीसँग भेट्ने र विदेशमन्त्री बद्र अब्देलात्तीसँग पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ ।

विदेशमन्त्री ब्लिन्केनको कायरो वार्ताबाट कुनै सफलताको अपेक्षा नगरेको तर इजरायल र हमास बीचको सम्झौताको लागि दबाब अभियान जारी राख्नु भ्रमणको मुख्य उद्देश्य रहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

लेबनन सशस्त्र समूह हिज्बुल्लाहका सदस्यहरूले एकआपससँग सञ्चार गर्न प्रयोग गर्ने हाते पेजरहरू विस्फोटन भएपछि ब्लिन्केनले इजिप्टको भ्रमण गरेका हुन् । घटनामा एक बालिकासहित नौ जनाको मृत्यु भएको थियो भने करिब २ हजार ८०० जना घाइते भएका थिए ।

हेजबुल्लाहले इजरायललाई उक्त आक्रमणको दोषी ठहराउँदै बदला लिने चेतावनी दिएको छ ।

मिलरले यस घटनामा संयुक्त राज्य अमेरिकाको कुनै संलग्नता नरहेको र यस घटनाको बारे पूर्वजानकारी नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मालीको राजधानीमा भएको जिहादी आक्रमणमा ७७ जनाको मृत्यु, २५० भन्दाबढी घाइते

  मालीको राजधानी बामाकोमा सैनिक प्रहरी तालिम शिविर र सैनिक विमानस्थललाई लक्षित गरी

२४ वर्ष जेल बसेपछि फिजीका विद्रोही नेता स्पेइटलाई राष्ट्रपतिबाट माफी

फिजी । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ

‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा हङकङमा एक व्यक्तिलाई १४ महिनाको सजाय

हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

श्रीलंका । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ