इरानद्वारा नयाँ अनुसन्धान उपग्रह अन्तरिक्षमा प्रक्षेपण



लामो समयदेखि पश्चिमा आलोचना खेप्दै आएको एयरोस्पेस कार्यक्रमका लागि इरानले शनिबार नयाँ अनुसन्धान उपग्रह प्रक्षेपण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

चाम्रन–१ अनुसन्धान उपग्रहलाई गाएम–१०० रकेटले सफलतापूर्वक प्रक्षेपण गरी कक्षमा स्थापित गरेको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

करिब ६० किलोग्राम (१३२ पाउण्ड) तौल भएको उक्त स्याटेलाइटलाई कक्षीय प्रविधिका लागि हार्डवेयर र सफ्टवेयर प्रणालीको परीक्षण गर्न डिजाइन गरिएको समाचारमा जनाइएको छ ।

रक्षा मन्त्रालयसँग सम्बद्ध इरानी विद्युतीय उद्योगले यो उपकरणको डिजाइन बनाई र निर्माण गरेको सरकारी टेलिभिजनले जनाएको छ ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा सरकारहरूले इरानलाई यस्ता प्रक्षेपणविरुद्ध बारम्बार चेतावनी दिँदै आएका छन् र यही प्रविधि ब्यालिस्टिक क्षेप्यास्त्रका लागि प्रयोग गर्न सकिने बताउँदै आएका छन्।

इरानले आणविक अस्त्रको खोजी नगरेको र आफ्नो स्याटेलाइट र रकेट प्रक्षेपण नागरिक वा प्रतिरक्षा प्रयोजनका लागि मात्र भएको बताउँदै आएको छ ।

इरानको रिभोल्युसनरी गार्ड कोप्र्सको अन्तरीक्ष हेर्ने सङ्गठनले गाएम–१०० रकेटको निर्माण गरेको हो ।

यो क्यारियर देशको पहिलो र तीन तहको ठोस–ईन्धन उपग्रह प्रक्षेपक हो । इरानी सरकारी सञ्चारमाध्यमले जनवरीमा ५०० किलोमिटर भन्दा माथिको कक्षमा पहिलो पटक उपग्रह पठाउनको लागि यसको प्रयोग गरेको जनाएका छन् ।

इरानले वर्षौंदेखि आफ्नो अन्त्रिक्ष गतिविधिलाई शान्तिपूर्ण र संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को प्रस्तावअनुसार रहेको बताउँदै आएको छ ।

गत फेब्रुअरीमा रूसले इरानी रिमोट सेन्सिङ र इमेजिङ स्याटेलाइटलाई अन्तरिक्षमा पठाएको थियो।

त्यतिबेला इरानका सञ्चारमन्त्रीले विगत दुई वर्षमा इरानले एक दर्जन स्याटेलाइट प्रक्षेपण गरिसकेको बताएका थिए ।

गार्ड्सले एउटा अनुसन्धान उपग्रह प्रक्षेपण गरेको करिब एक हप्तापछि जनवरीमा इरानले एकैपटक तीन वटा उपग्रहलाई कक्षमा पठाएको बताएको थियो।

इस्लामिक गणतन्त्र इरानले विगतमा धेरै उपग्रह प्रक्षेपण विफलताहरूको सामना गर्नुपरेको छ।

सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको संयुक्त राज्य अमेरिकाले तेहरान र प्रमुख शक्तिराष्ट्रहरूबीच भएको ऐतिहासिक आणविक सम्झौतालाई एकतर्फी रूपमा त्यागेपछि इरानले वर्षौंदेखि पश्चिमा प्रतिबन्धहरूको सामना गर्दै आएको छ।

युक्रेनमा प्रयोगका लागि रूसलाई ब्यालेस्टिक क्षेप्यास्त्र आपूर्ति गरेको आरोपमा इरानले बिहीबार युरोपका चार राजदूतसँग स्पष्टीकरण मागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२४ वर्ष जेल बसेपछि फिजीका विद्रोही नेता स्पेइटलाई राष्ट्रपतिबाट माफी

फिजी । फिजीका पूर्व विद्रोही नेता जर्ज स्पेइटलाई बिहीबार राष्ट्रपतिबाट माफी दिइएको छ

‘देशद्रोही’ टी–शर्ट लगाएको आरोपमा हङकङमा एक व्यक्तिलाई १४ महिनाको सजाय

हङकङ । हङकङका एक व्यक्तिलाई विरोध नारा लगाएको टी–सर्ट लगाएको आरोपमा सहरको नयाँ

श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

श्रीलंका । श्रीलङ्का आर्थिक सङ्कटमाथिको सावधानीपूर्ण अवतरणपछि श्रीलङ्कामा शनिबार मतदान हुन लागेको छ

मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना

मेटा र स्पोटिफाईलगायत कम्पनीको समूहले डाटा गोपनीयता र आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सन्दर्भमा खण्डित