दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस सङ्क्रमण बढ्दो क्रममा



विश्व स्वास्थ्य सङ्गठनले शनिबार दक्षिण–पूर्वी एसियाली मुलुकलाई बढ्दो हेपाटाइटिस ‘बी’ र ‘सी’ सङ्क्रमणको रोकथाम र उपचारका लागि विश्वव्यापी पहुँच आवश्यक रहेको बताएको छ ।

हेपाटाइटिसको रोकथाम र उपचार सम्भव भएपनि यसको दीर्घकालीन सङ्क्रमणले दक्षिण पूर्वी एसियाली क्षेत्रमा कलेजोको क्यान्सर र ‘कलेजो फेल’ जस्ता गम्भीर रोगले मृत्यु निम्त्याइरहेको डब्ल्यूएचओको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तिकाअनुसार पछिल्लो समय यस क्षेत्रमा कलेजोको क्यान्सर मृत्यु निम्त्याउने चौथो ठुलो कारण बनेको छ । हेपाटाइटिस बी र सी सङ्क्रमणले यस क्षेत्रको लगभग ७५ प्रतिशत मानिसहरुको कलेजो फेल हुने गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सन् २०२२ मा यस क्षेत्रका ७०.५ मिलियन मानिसले भाइरल हेपाटाइटिस बी र सी सङक्रमण सामना गरिरहेका थिए ।

विश्वव्यापी रूपमा हेपाटाइटिस बी र सीले प्रति दिन तीन हजार ५०० को मृत्यु हुने र प्रत्येक दिन छ हजार हेपाटाइटिसको नयाँ संक्रमित भेटिने गरेका छन् ।

कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपी प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।

डब्लुएचओका अनुसार दक्षिण–पूर्वी एसियामा हेपाटाइटिस बी र सी परीक्षण र उपचारको पहुँच कम छ । हेपाटाइटिस सङ्क्रमणबाट विशेषतः नवजात शिशु र बालबालिकाहरु उच्च जोखिममा छन् ।

“भाइरल हेपाटाइटिस यस दशकको प्रमुख जनस्वास्थ्य चुनौती हो। तर जनस्वास्थ्यको दृष्टिकोण र स्वास्थ्य क्षेत्रमा विश्वव्यापी लगानीको बृद्धिले सन् २०३० सम्ममा भाइरल हेपाटाइटिसको उन्मूलन सम्भव छ”, डब्लुएचओका क्षेत्रीय निर्देशक साइमा बाजेदले भने ।

“आज जीवन बचाउनु र भावी पुस्ताको स्वास्थ्यको रक्षा गर्नु हाम्रो सामुहिक जिम्मेवारी हो ।” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानका १० सांसद्लाई जमानतमा रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

  वार्सा  । प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

  पेरिस । महिलाको नेतृत्वमा भएको विरोध आन्दोलन सुरु भएको दुई वर्षपछि जेलमा

जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च

टोकियो । जापानमा यसवर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या