अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डद्वारा गाजामा युद्धविरामको आह्वान



अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डले संयुक्त विज्ञप्ति मार्फत गाजामा तत्काल युद्धविरामको आह्वान गरेका छन् ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिज, क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले गाजामा तत्काल युद्धविराम ,हेजबुल्लाह र इजरायलबिचको द्वन्द्वको जोखिमबारे वक्तव्य जारी गरेका हुन ।

विज्ञप्तिमा गाजाको भयावह अवस्थाले निम्त्याएको मानवीय दुःख अस्वीकार्य भएको उल्लेख गरिएको छ ।

उनीहरूले हमासले द्धन्द्धको अन्त्य गरी सबै बन्धकहरूलाई रिहा गर्नु पर्नेमा समेत जोड दिएका छन् ।

अक्टोबर–७ को आक्रमण र जारी आतङ्कवादी कार्यका लागि हमासको निन्दा गर्दै उनीहरुले गाजाको भावी शासनमा हमासको कुनै भूमिका नरहेको उल्लेख गरेका छन् ।

इजरायलले अन्तर्राष्ट्रिय समुदायको चिन्ता सुन्नुपर्ने कुरामा जोड दिँदै उनीहरुले नागरिकको सुरक्षाको लागि अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरेका छन् ।

उनीहरूले गाजामा तत्काल युद्धविरामको आवाह्न गर्दै मानवीयता सम्बोधनका लागि सहायता प्रवाहमा निरन्तर वृद्धि गर्न आवश्यक रहेको जनाएका छन् ।

यसै क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यापक युद्धविराम सम्झौतालाई स्मरण गर्दै उनीहरुले सम्झौताको लागि समर्थन व्यक्त गरेका छन् ।

निरन्तरको युद्धले गाजामा तनाव बढ्ने चिन्तासहित नेताहरूले अप्रिल १३–१४ मा इरानले इजरायलमा गरेको आक्रमणको निन्दा गर्दै इरानलाई थप अस्थिरता नफैलाउने आग्रह गरका छन् ।

उनीहरुले युद्ध विराम आह्वानको संयुक्त विज्ञप्तिमा तेल अवीवमा ड्रोन आक्रमण र अन्तर्राष्ट्रिय ढुवानीमा हुथीहरूको गैर न्यायीक कार्यहरूको पनि निन्दा गरेका छन् ।

अष्ट्रेलिया, क्यानाडा र न्युजिल्यान्डका नेताहरूले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्ताव–१७०१ कार्यान्वयन गर्ने कूटनीतिक प्रयासलाई समर्थन व्यक्त गर्दै संलग्नहरुलाई संयमता अपनाउन आग्रह गरेका छन् ।

युद्ध लम्बिदाले इजरायल र लेबनान र यहाँका नागरिकका लागि विनाशकारी परिणाम निम्त्याउनेसमेत विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाकिस्तानका १० सांसद्लाई जमानतमा रिहा गर्न अदालतको आदेश

इस्लामावाद । पाकिस्तानको एक आतङ्कवादविरोधी अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका

पोलिश प्रधानमन्त्रीद्वारा आँधी प्रभावित क्षेत्रका लागि २६ करोड डलर सहायता घोषणा

  वार्सा  । प्रधानमन्त्री डोनाल्ड टस्कले सोमबार पोल्यान्डमा बोरिस आँधीबाट प्रभावित मानिसहरूका लागि

इरानी नोबेल पुरस्कार विजेताद्वारा महिलामाथि हुने ‘उत्पीडन’ विरुद्ध कारवाही गर्न आग्रह

  पेरिस । महिलाको नेतृत्वमा भएको विरोध आन्दोलन सुरु भएको दुई वर्षपछि जेलमा

जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च

टोकियो । जापानमा यसवर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या