कङ्गोमा भएको आतंककारी आक्रमणमा चार चिनियाँ नागरिकको मृत्यु



चीनले बिहीबार कंगोमा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको पुष्टि गरेको छ ।
सुनको धनी इटुरी प्रान्तको खानी स्थलमा सशस्त्र लडाकूको आक्रमणमा कम्तिमा चार चिनियाँ नागरिकको मृत्यु भएको जनाएको छ ।

बेइजिङको विदेश मन्त्रालयले डीआरसीमा रहेको एक निजी चिनियाँ कम्पनीमा सशस्त्र बलले आक्रमण गरेको जनाएको छ । आक्रमणपछि धेरै चिनियाँ नागरिकको मृत्यु भएको वा बेपत्ता भएको मन्त्रालयले जानकारी दिएको छ ।

चीनले आक्रमणको कडा निन्दा गरेको र सरकारले हत्याराहरूलाई सकेसम्म चाँडो खोजी गरी कानुन अनुसार कडा सजाय दिन माग गरेको मन्त्रालयका प्रवक्ता माओ निङले नियमित पत्रकार सम्मेलनमा बताए ।

कङ्गोका बासिन्दा र चिनियाँ खानी मजदूरबिच सुनको विषयमा द्वन्द्व भएजस्तै डीआरसीका खनन स्थलमा आक्रमणहरू हुने गर्छन् ।

केही स्थानीय स्रोतले बुधबारको घटनामा स्थानीय लडाकू समूह, कोडेकोको संलग्नता रहेको बताएका छन् । कोडेकोले प्रतिद्वन्द्वी हेमा जनजातिविरुद्ध लेन्दु जनजातिको हितको रक्षा गर्ने दाबी गर्दछ ।

कोडेकोले चिनियाँ खनन स्थलमा आक्रमण गरेको पुष्टि इटुरीको जुगु क्षेत्रको अबोम्बी सहरबाट नजिकै प्रान्तीय सहायक जीन–पियरे बिकिलिसेन्डेले बताए ।

चार चिनियाँ मारिएको तथा दुई कङ्गोली सेनाका सदस्य घाइते भएको पहिलो सङ्ख्या पुष्टि भएको उनले बताए ।

अन्य स्थानीय स्रोतहरूले छ जना चिनियाँ नागरिक, उनीहरूका अङ्गरक्षक र दुई कङ्गोली सैनिक र दुई सर्वसाधारणको मृत्यु भएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसवर्ष बङ्गलादेशमा चट्याङ लागेर तीनसय जनाको मृत्यु

ढाका । बङ्गलादेशमा यसवर्ष चट्याङमा परी करिब तीनसय जनाको मृत्यु भएको छ ।

भारतको मेघालयमा बाढीपहिरोमा परी दश जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरपूर्वी राज्य मेघालयमा बाढी र पहिरोका कारण कम्तीमा दश जनाको

युक्रेनको नयाँ गाउँ कब्जा गरेको रूसको दाबी

मस्को । रूसी सेनाले पूर्वी युक्रेनको कुराखोभ सहर नजिकैको अर्को गाउँ कब्जा गरेको

लेबनान नछाड्ने लेबनानका लागि राष्ट्रसङ्घीय शान्ति सेनाको दाबी

बेरुत । लेबनानका लागि संयुक्त राष्ट्रसङ्घीय शान्ति सेना (युनिफिल) ले शनिबार स्थानान्तरण गर्ने