आतंककारी आक्रमणमा मध्य मालीमा २० भन्दाबढीको मृत्यु



मध्य मालीको बन्दियागारा क्षेत्रको एउटा गाउँमा सोमबार २० भन्दा बढी व्यक्तिको मृत्यु भएको त्यहाँका बासिन्दा र स्थानीय अधिकारीहरूले बुधबार पुष्टि गरेका छन् ।

‘सोमबार साँझ करिब ५ बजे, कातिबा मासिनाका दर्जनौँ आतङ्ककारीले जिगुइबोम्बो गाउँमा आक्रमण गरेका थिए । अस्थायी टोलमा डोजो शिकारीहरू (परम्परागत शिकारीहरू) सहित २२ सर्वसाधारण मारिएका र धेरै बेपत्ता छन्’, डुकुम्बोमा रहेका एक अधिकारीले भने ।

प्रत्यक्षदर्शी र स्थानीय अधिकारीहरूका अनुसार विवाह समारोह भइरहेका बेला आक्रमणकारीहरूले गाउँलाई घेरेका थिए । ‘विवाह उत्सवका क्रममा आक्रमण भयो, आक्रमणमा दुलहाको पनि ज्यान गयो’, अर्का स्थानीय अधिकारी बताए ।

सन् २०१२ देखि माली राजनीतिक, आर्थिक र मानवीय सङ्कटको बीचमा आतङ्कवादी हमलाहरूबाट ग्रस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विश्वमा खाद्यान्न मूल्य जुन महिनामा स्थिर

विश्वमा खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)

अमेरिकामा बेरोजगारी दरमा न्यून वृद्धि

अमेरिकी रोजगारी लाभहरू जुनमा थोरै कम भएको र बेरोजगारी बढेको सरकारी तथ्याङ्कले शुक्रबार

नाइजर र लिबियाबीचको मरुभूमिबाट यात्रा गर्दा ५० आप्रवासीको मृत्यु

नाइजर र लिबियाको सीमामा रहेको मरुभूमि हुँदै यात्रामा विभिन्न अफ्रिकी देशका कम्तीमा ५०

स्पेनी प्रधानमन्त्री साञ्चेजकी पत्नीद्वारा अदालतसमक्ष बयान

स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती भ्रष्टाचार मुद्दाको प्रारम्भिक अनुसन्धानका क्रममा शुक्रबार न्यायाधीशसमक्ष बयान