भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो



उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।

प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समय एक्कासी भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।

घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।

अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।

‘महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,’ सुरक्षा सेवामा खटिएका प्रहरी अधिकारी शीला मौर्यले भने ।

धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो । मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिलाहरु रहेका थिए ।

उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ । यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५ एन–१ बर्डफ्लू पुष्टि

दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो

बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट