इजरायली निर्देशनपछि राष्ट्रसङ्घीय मानवीय सहयोग समूह चिन्तित



संयुक्त राष्ट्रसङ्घीय मानवीय सहयोग समूहले मङ्गलबार खान युनूस र राफाह प्रान्तको ११७ वर्ग किलोमिटर क्षेत्र खाली गर्न दशौँ हजार गाजावासीलाई आदेश दिएको भन्दै यसप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले पछिल्लो नौ महिनामा वस्ती खाली गर्न दिइएको आदेशबाट प्रभावित गाजावासीहरू बारम्बार विस्थापित भएको बताएको छ । गाजा पट्टीको लगभग एक तिहाइलाई समेट्ने सोमबारको निर्देशन उत्तरी गाजा खाली गर्ने अक्टोबरको आदेशपछिको सबैभन्दा चिन्ताजनक बिषय हो ।

ओसिएइचएले यति ठुलो मात्रामा निकासीले नागरिकहरूको पीडा बढाई मानवीय आवश्यकता अझ बढाउने जनाएको छ ।
विस्थापितसँग दोस्रो वा तेस्रो पटक बसाइँ सर्ने असम्भव विकल्प नभएको जनाउदै कुनै ठाउँ वा सेवाहरू भएका क्षेत्रमा भारी लडाई हुने क्षेत्रमा बस्ने सम्भावना नभएको मानवीय सहायताकर्मीले उल्लेख गरेका छन् ।

युएनआरडब्लुए (प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र राहत र कार्य निकाय) को प्रारम्भिक अनुमानले आदेशको समयमा विस्थापित रहेका क्षेत्रमा लगभग दुई लाख ५० मानिसहरू बसोबास गरेको हुनसक्ने सङ्केत गरेको छ । नयाँ आदेशले ९० भन्दा बढी विद्यालयहरूलाई असर गरेको छ । आदेश कार्यान्वयनले धेरै विस्थापित मानिसका साथै चार मेडिकलस्थल र युरोपेली गाजा अस्पताल क्षेत्रलाई प्रभावित पर्छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमबार ७० जना बिरामी र मेडिकल स्टाफलाई स्व–निकासी गरिएको र मङ्गलबार थप बिरामीलाई बाहिर निकालिएको बताएको छ ।

अधिकृत प्यालेस्टिनी क्षेत्रका लागि डब्ल्यूएचओका प्रतिनिधि रिक पिपरकोर्नले युरोपेली गाजा अस्पतालमा तीन जना र रेडक्रस फिल्ड अस्पतालको अन्तर्राष्ट्रिय कमिटीमा तीन जना बिरामी मात्र बाँकी रहेका छन् ।

डब्ल्यूएचओले अस्पतालबाट बहुमूल्य चिकित्सा उपकरण र आपूर्तिको स्थानान्तरणलाई समर्थन गरी बाँकी महत्वपूर्ण अस्पतालमध्ये एक, ओसिएएचएले मङ्गलबार इजरायली अधिकारीहरूले अस्पतालमा बिरामी वा कर्मचारीहरूमा यो आदेश लागु नहुने बताएका छन् ।

मानवीय कार्यालयले सबै पक्षहरूले सँधै अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान गर्नुपर्ने दोहोरÞ्याएको छ । “यसको अर्थ नागरिकहरू सुरक्षित हुनुपर्छ, र उनीहरूको आवश्यकताहरू–खाना, आश्रय, पानी र स्वास्थ्य सहित–पूरा गरिनुपर्छ भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५ एन–१ बर्डफ्लू पुष्टि

दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो

बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट