युरोपेली सुरक्षामा जर्मनीले नेतृत्व गर्नुपर्ने पोलिश प्रधानमन्त्रीको भनाई



पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले मङ्गलबार जर्मनीले युरोपेली सुरक्षाको नेता बन्नुपर्ने बताएका छन् । यो प्रायः अत्यधिक तनावपूर्ण सम्बन्धमा दुई मुलुकबीच सुमधुर सम्बन्धको सङ्केत हो ।

युरोपेली सङ्घ (इयु) का पूर्वप्रमुख टस्क गत वर्ष पोल्यान्डमा लोकप्रिय कानून र अन्य पार्टीको नेतृत्वमा रहेको सरकारलाई प्रतिस्थापन गर्दै सत्तामा आएका थिए । उनको विशेषता भनेको जर्मनीविरुद्ध बयानबाजी गरेका थिए ।

“पोल्यान्डसहित युरोपको साझा सुरक्षाका लागि जर्मनी नेता हुनेछैन भन्ने म कल्पना गर्न सक्दिनँ”, टस्कले जर्मन चान्सलर ओलाफ सोल्ससँगको पत्रकार सम्मेलनमा भने । बैठकमा पोल्याण्ड र जर्मन सरकारबीच छ वर्षमा पहिलो वार्ता भएको थियो

“संयुक्त र प्रभावकारीरूपमा युरोप सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ । यसको ठ्याक्कै मतलब यो हो कि हामी (पोल्यान्ड र जर्मनी) नाटोको ढाँचाभित्र र इयुको पूर्वी भागको संरक्षणमा बाल्टिक क्षेत्रमा अग्रणी भूमिका लिन चाहन्छौँ”,  उनले भने ।

दुई नेताले रक्षा सहयोगका साथै बेलारुससँगको पोल्यान्डको पूर्वी सिमानामा समस्या बनेको अवैध आप्रवासीलाई रोक्ने विषयमा छलफल गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५ एन–१ बर्डफ्लू पुष्टि

दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो

बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट