आइओएफद्वारा करिब ३८ हजार प्यालेस्टिनी नागरिकको हत्या



इजराइली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा अक्टोबरमा चलिरहेको नरसंहारको शुरुवातदेखि कम्तिमा ३७ हजार नौ सय २५ प्यालेस्टिनी नागरिकको हत्या गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यस अवधिमा कम्तिमा ८७ हजार एक सय ४१ अन्य घाइते भएका छन् ।

आइओएफले गाजापट्टीमा गत २४ घण्टामा प्यालेस्टिनी परिवारहरू विरुद्ध तीन नरसंहार गर्दा २५ प्यालेस्टिनीको हत्या गरेको र ८१ अन्यलाई घाइते बनाएको मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ ।

यसको दुई सय ७०औँ दिनमा गाजा पट्टीमा इजराइली कब्जाको चरम र अभूतपूर्व नरसंहार जारी रहेको, लगातार हवाई हमलाहरू र चारैतिरबाट (हवाई, जमिन र समुद्री) गोलीबारी, हत्या, घाइते र हजारौँ प्यालेस्टिनी नागरिकविरुद्ध रक्तपातपूर्ण नरसंहार भइरहेको छ ।

गाजा पट्टीमा बिग्रँदै गएको मानवीय अवस्थाका बारेमा संयुक्त राष्ट्र एजेन्सीहरूले चेतावनी दिए पनि इजराइली संस्थाले आफ्नो नरसंहार जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कम्बोडियामा पाँच वर्षीया बालिकालाई एच–५ एन–१ बर्डफ्लू पुष्टि

दक्षिणी कम्बोडियाको टेकेओ प्रान्तकी पाँच वर्षीया बालिकामा एच–५एन–१ बर्डफ्लूको अर्को मानव केस पुष्टि

आइओएफद्वारा ४० प्यालेस्टिनीको हत्या

इजरायली कब्जाकारी सेना (आइओएफ) ले गाजा पट्टीमा सन् २०२३ अक्टोबर ७ मा आफ्नो

बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु

भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका

इन्डोनेसियामा बाढी पहिरोमा परी ११ जनाको मृत्यु

इन्डोनेसियाको गोरोन्टालो प्रान्तको बोन बोलान्गो रिजन्सीमा सुनको खानीमा ठोक्किएको पहिरो र आकस्मिक बाढीबाट