इजरायल गाजामा हमास उन्मूलनको अन्तिम चरणमा रहेको नेतान्याहुको भनाई



इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार आफ्नो देश गाजा पट्टीमा हमासको सशस्त्र बललाई उन्मूलन गर्ने अन्तिम चरणमा रहेको बताएका छन् ।

हमासको उन्मूलन पूरा गर्ने दिशामा अघि बढिरहेको नेतान्याहूले इजरायलको राष्ट्रिय सुरक्षा कलेजका क्याडेटसँगको बैठकमा उजागर गरेका हुन् ।

नेतान्याहुको कार्यालयका अनुसार, उनले गाजा डिभिजनको भ्रमण गरी रक्षामन्त्री योव ग्यालेन्ट र सेनाका वरिष्ठ कमान्डसँग गाजामा इजरायलको नौ महिना लामो आक्रमण माथि सुरक्षा मूल्याङ्कन बैठक गरेको एक दिन पछि नेतन्याहुको यस्तो अनुमान आएको हो । राफाह लडाईमा जोड दिदै हमासमाथि सैन्य दबाबको निरन्तरता कायम राख्ने नेतन्याहुको कार्यालयले जनाएको छ ।

सोमबार पनि, इजरायली रक्षा बल (आईडीएफ) ले पूर्वी खान युनूसबाट नागरिकहरूको सामूहिक निकासीको आदेश दिए सँगै दक्षिणी गाजन सहरमा सम्भवतः यस क्षेत्रमा पुनः समूहबद्ध भएका हमास सेनाहरूसँग लड्नका लागि स्थल सेनाहरूले चाँडै आफ्नो आक्रमणहरू पुनः सुरु गर्न सक्ने सङ्केत गर्यो ।

इजरायलले अप्रिलको सुरुमा खान युनूसमा ठुलो मात्रामा आक्रमण गर्यो र पछि आफ्नो अधिकांश सेना फिर्ता लियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिड्नीमा घरेलु हिंसाको आरोपमा पपुवा न्यूगिनीका मन्त्री पक्राउ

पपुवा न्यू गिनीका पेट्रोलियम मन्त्री जिमी मालादिनालाई अस्ट्रेलियाको सिड्नीमा घरेलु हिंसाको आरोपमा पक्राउ

१० महिनामा गाजा युद्धमा ३८ हजारको मृत्यु

हमासले दक्षिणी इजरायलमा गत बर्षको अक्टोबर ८ मा गरेको हमलाको बदलामा इजरायलले गाजामा

काश्मिरमा भएको गोली हानाहानमा दुई सैनिकसहित आठ जनाको मृत्यु

भारत प्रशासित काश्मिरमा भएको गोली हानाहानको दुईवटा छुट्टै घटनामा दुई जना सैनिक र

ट्रम्पसँगको बहस ‘कमजोरी र संज्ञानात्मक ह्रासको प्रमाण हुनै नसक्ने’ बाइडेनको दावी

अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडनले ह्वाइट हाउसको निर्वाचनबाट अलग्गिनु पर्ने आवाज उठिरहेका