इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा



इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ । सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन् ।

उनको रिहाइको पुष्टि इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गवीर र गाजाको एक चिकित्सा स्रोतले सामाजिक सञ्जालमा गरेका छन् । सात महिनाभन्दा बढी हिरासतबाट मुक्त भएपछि उनले सोमबार आफूलाई इजरायलले ‘यातना’ दिएको बताए ।

एक इजरायली मन्त्री र घेराबन्दी गरिएको क्षेत्रका चिकित्सा स्रोतका अनुसार अल–शिफाका अस्पताल निर्देशक साल्मिया ५० भन्दा बढी प्यालेस्टिनीमध्ये रिहा भई उपचारका लागि गाजा फर्किएका हुन् ।

निर्देशक साल्मियाले आफ्नो नजरबन्दको क्रममा ‘गम्भीर यातना’ दिइएको बताउँदै यातनाले गर्दा आफ्नो औँला भाँचिएको जानकारी गराए ।

कैदीहरूलाई धेरै यातना दिइने बताउदै ‘धेरै कैदीले खाना र औषधिबाट वञ्चित रहनुपरेको र उनीहरूको मृत्युसमेत हुने गरेको’ उनले पत्रकार सम्मेलनमा उल्लेख गरे । दुई महिनासम्म कुनै पनि कैदीलाई दिनको एक रोटीभन्दा बढी खान नदिएको बताउदै साल्मियाले कैदीलाई शारीरिक र मनोवैज्ञानिक अपमान गरिएको उल्लेख गरे ।

इजरायली सेनाले अल–शिफामा छापा मारी साल्मियालगायत सयौँलाई नोभेम्बरमा हिरासतमा लिइएको थियो ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणपछि इजरायलले गाजामा जवाफी आक्रमण गर्दा उनले काम गरेको अस्पताल लगातार छापा मारेर भग्नावशेषमा परिणत भएको छ ।

साल्मिया र अन्य मुक्त कैदीहरू खान युनिसको पूर्वमा इजरायलबाट गाजा फर्किएको देइर अल–बलाहको अल अक्सा अस्पतालको चिकित्सा स्रोतले बताएको छ ।

पाँच जनालाई अल–अक्सा अस्पतालमा भर्ना गरिएको छ भने अन्यलाई खान युनूसको अस्पतालमा पठाइएको स्रोतले जनाएको छ ।

इजरायलले हमासलाई गाजा पट्टीका अस्पतालहरूलाई सैन्य अपरेसन र पूर्वाधारका लागि आवरणको रूपमा प्रयोग गरेको आरोप लगाएको छ भने यस क्षेत्रलाई चलाउँदै आएको हमास समूह र अस्पताल प्रशासनले आरोपको खण्डन गर्दै आएका छन् ।

मे महिनामा प्यालेस्टिनी अधिकार समूहले अल–सिफा शल्यचिकित्सकलाई हिरासतमा लिएपछि इजरायली जेलमा मृत्यु भएको बताएका थिए । इजरायली सेनाले मृत्युको बारेमा थाहा नभएको बताएको छ ।

युद्ध हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको थियो जसमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो ।

हमासको नियन्त्रण क्षेत्र गाजास्थित स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार इजरायलको जवाफी कारबाहीमा हालसम्म अधिकांश नागरिकसहित कम्तीमा ३७ हजार ८७७ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तालिबानद्वारा अमेरिकासँग कैदी आदानप्रदानबारे छलफल

अफगानिस्तानमा दुई अमेरिकी कैदीलाई हिरासतमा राखिएको र ग्वान्टानामो बेमा रहेका अफगानी बन्दीको ‘आदानप्रदान’

इन्डोनेसियामा अजिङ्गरको पेटभित्र मृत महिला फेला

मध्य इन्डोनेसियामा अजिङ्गरको पेटभित्र एक महिला मृत फेला परेको प्रहरीले बुधबार जनाएको छ

गाजाका बालबालिकामा छालासम्बन्धी रोगको भयानक सङ्क्रमण

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत अक्टोबर ७ मा इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी

भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो

उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका