परिवर्तनको आह्वानका बीच इरानको निर्वाचनमा मतदाताहरूको समर्थनमा गिरावट



 

इरानको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा सुधारवादी र रूढिवादीहरू दुवैका लागि समर्थन घट्दै गएको विश्लेषकहरूले बताएका छन् । यद्यपि केही मतदाताहरूले एकमात्र सुधारवादी उम्मेदवारलाई समर्थन गरेर परिवर्तनका लागि जोड दिइरहेका छन् ।

गत महिना हेलिकप्टर दुर्घटनामा मृत्यु भएका अतिरूढिवादी राष्ट्रपति इब्राहिम रायसीको स्थान लिनका लागि शुक्रबार भएको निर्वाचनमा सुधारवादी उम्मेदवार मसुद पेजेस्कियान र अतिरूढिवादी सइज जलिलीले नेतृत्व गरेका थिए ।

इन्टरनेसनल क्राइसिस ग्रुप थिङ्क ट्याङ्कका अली वेजले भने, ‘शुक्रबार भएको मतदानमा ऐतिहासिकरूपमा कम मतदान भयो, यसबाट सुधारवादी र रूढिवादीहरू दुवैको आधार धेरै सङ्कुचित भएको स्पष्ट भएको छ ।’

निर्वाचनको नेतृत्वमा पूर्वराष्ट्रपति मोहम्मद खतामी र उदारवादी हसन रुहानीको समर्थनमा इरानको मुख्य सुधारवादी गठबन्धनले पेजेस्कियानलाई समर्थन गर्यो ।

‘सुधारवादीहरूले सबैभन्दा शक्तिशाली मानिस र सङ्गठन तयार  गरे र आफ्नो आधारलाई परिचालन गर्न सक्दो प्रयास गरे तर यो बिल्कुल अपर्याप्त थियो’, सामाजिक सञ्जाल एक्समा वेजले भने, ‘यसैगरी जबर्जस्त स्रोतहरू परिचालन गरेर पनि रूढिवादीहरू पर्याप्त मत हासिल गर्न असफल भए ।’

जलिली र तेस्रो स्थानमा रहनुभएका रूढिवादी संसदीय सभामुख मोहम्मद बघेर गालिबफको संयुक्त भोट कूल एक करोड २८ लाख भएको बताए । उक्त आँकडा सन् २०२१ को निर्वाचनमा रायसीको करिब एक करोड ८० लाख मतभन्दा धेरै कम थियो ।

छ करोड १० लाख योग्य मतदाताहरूमध्ये ४० प्रतशितले मात्र मतदान गरेका छन् । यसले इरानमा रेकर्ड कम मतदानलाई देखाउँछ र केही मानिसले यो प्रक्रियामा विश्वास गुमाएको देखाएको छ । निर्वाचनमा १० लाखभन्दा धेरै मत्र बदर भएका छन् ।

वेजका लागि सन् २०२१ बाट करिब ४९ प्रतिशतले मतदानमा कमीले सर्वोच्च नेता आयातुल्लाह अली खमेनीसँग अन्तिम राजनीतिक शक्ति भएको इरानमा नेतृत्वका लागि वास्तविक लज्जास्पद थियो ।

राजनीतिक टिप्पणीकार मोहम्मद रजा मनाफीले पेजेस्कियानको नेतृत्वले अर्थतन्त्र र बाँकी विश्वसँगको सम्बन्धमा ‘आधारभूत परिवर्तन’ का लागि धक्कालाई देखाएको बताए ।

‘पेजेस्कियानको समर्थन गर्नेहरूले ‘कुनै चमत्कार वा द्रुत समाधानको अपेक्षा गर्दैनन्’ तर उहाँले विस्तारै स्थितिलाई बिग्रनबाट रोक्न सक्नुहुन्छ’, उनले भने ।

बढ्दो मुद्रास्फीति, उच्च बेरोजगारी र अमेरिकी डलरको तुलनामा इरानी रियालको भाउमा कीर्तिमानी न्यूनतासँगै इरानले अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको आर्थिक प्रभावसँग सङ्घर्ष गरिरहेको छ ।

इजराइल र तेहरानको सहयोगी हमासबीचको गाजा युद्ध र इरानको आणविक कार्यक्रममा कूटनीतिक तनावलाई लिएर बढ्दो क्षेत्रीय तनावका बीच पनि मतदान भएको छ ।

आधिकारिक आँकडामा पेजेस्कियानलाई ४२ दशमलव चार प्रतिशत र जलिलीलाई ३८ दशमलव छ प्रतिशत मत प्राप्त भएको छ ।

सुधारवादी नेता पेजेस्कियानले ‘इरानलाई उसको एक्लोपनबाट बाहिर निकाल्न’ का लागि वासिङ्टन र युरोपेली राजधानीहरूसँग ‘रचनात्मक सम्बन्ध’ गर्न आग्रह गरेका छन् ।

यसको विपरीत जलिलीलाई उहाँको असहज पश्चिमविरोधी अडानका लागि व्यापकरूपमा चिनिन्छ । उनी पूर्व आणविक वार्ताकार हुन् र हाल इरानको सर्वोच्च सुरक्षा संस्था सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्मा खमेनीका प्रतिनिधि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाका ९० प्रतिशत जनसङ्ख्या विस्थापित

  संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको

म्यान्मामा नरसंहार बढेको राष्ट्रसङ्घका अधिकारीको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका एक विज्ञले म्यान्माको रखाइन राज्यले आठ वर्षअघि दमनमा परेका रोहिङ्ग्या

कर भुक्तानीलाई प्रोत्साहन गर्न पाकिस्तानद्वारा दुई लाखभन्दा बढी सिमकार्ड ब्लक

  पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउनका लागि कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको

लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

  सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५