थप दुई पूर्वी युक्रेनी गाउँमाथि कब्जा गरेको रुसको दाबी



महिनौँदेखि युद्धको मैदानमा किएभमाथि हावी हुँदै गर्दा रुसले थप दुई पूर्वी युक्रेनी गाउँमाथि दावी गरेको छ ।

मस्कोले युक्रेनको पूर्वमा हप्तौँदेखि नियमितरूपमा नयाँ गाउँहरू दाबी गर्दै आएको छ । युक्रेनी सेनाहरूले तिनीहरूलाई रोक्न सङ्घर्ष गरिरहेका छन् ।

रुसी सेनाले डोनेट्स्क क्षेत्रमा थप पश्चिमतर्फ धकेलेपछि रुसको रक्षा मन्त्रालयले आफ्नो सेनाले नोभोलेक्सान्ड्रिभकाको बस्तीलाई ‘मुक्त गरेको’ बताएको छ ।

रुसद्वारा कब्जा गरिएको गाउँ युक्रेनका ओचेरेटाइनको उत्तर–पश्चिममा अवस्थित रहेको छ ।

मस्कोले उसको सेनाले छिमेकी लुगान्स्क क्षेत्रको सिमाना नजिकै डोनेट्स्क क्षेत्रको थप उत्तरमा स्पिर्नेको सानो गाउँ कब्जा गरेको जनाएको छ ।  मस्कोको युक्रेन आक्रमण झण्डै साढे दुई वर्षदेखि चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गाजाका ९० प्रतिशत जनसङ्ख्या विस्थापित

  संयुक्त राष्ट्रसङ्घका अधिकारीले नौ महिनादेखि जारी इजरायली आक्रमण सुरु भएदेखि गाजा पट्टीको

म्यान्मामा नरसंहार बढेको राष्ट्रसङ्घका अधिकारीको चेतावनी

  संयुक्त राष्ट्रसङ्घका एक विज्ञले म्यान्माको रखाइन राज्यले आठ वर्षअघि दमनमा परेका रोहिङ्ग्या

कर भुक्तानीलाई प्रोत्साहन गर्न पाकिस्तानद्वारा दुई लाखभन्दा बढी सिमकार्ड ब्लक

  पाकिस्तानको कर प्राधिकरणले राजस्व सीमा बढाउनका लागि कर रिटर्न दाखिला नगरेका प्रयोगकर्ताहरूको

लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

  सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५