उत्तर कोरियाद्वारा अमेरिका, जापान र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको विरोध



उत्तर कोरियाले आइतबार दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई ‘नेटोको एसियाली संस्करण’ भएको निन्दा गर्दै यसको घातक परिणाम हुने चेतावनी दिएको छ ।

तीन राष्ट्रले ब्यालेस्टिक मिसाइल र हवाई रक्षा, पनडुब्बीविरोधी युद्ध र रक्षात्मक साइबर प्रशिक्षणमा ‘फ्रिडम एज’ भनिने तीन दिने सैन्य अभ्यास सम्पन्न गरेको एक दिन पछि उत्तर कोरियाको यस्तो अभिव्यक्ति आएको हो ।

उत्तर कोरियाको आणविक खतरा र चीनको बढ्दो क्षेत्रीय प्रभावको सामना गर्ने एकताको सङ्केतका रूपमा वार्षिक अभ्यास गर्न गत वर्ष अमेरिकी, दक्षिण कोरियाली र जापानी नेता त्रिपक्षीय शिखर सम्मेलनमा सहमत भएका थिए ।

“हामी उत्तर कोरियाविरुद्धको सैन्य अभ्यासको कडा निन्दा गर्दछौं,” प्योङयाङको विदेश मन्त्रालयले आइतबार जनाएको छ । “अमेरिका–जापान–दक्षिण कोरिया सम्बन्धले नेटोको एसियाली संस्करणको रूप लिएको छ । यसको परिणाम घातक हुनेछ,” प्योङयाङले भनेको छ ।

उत्तर कोरियाले सैन्य समूहलाई बलियो बनाउन अमेरिका र यसका सहयोगीहरूको चाललाई कहिल्यै बेवास्ता नगर्ने बताएको छ ।

पछिल्लो संयुक्त अभ्यासमा वासिङ्टनको परमाणु–सञ्चालित विमान वाहक ‘युएसएस थियोडोर रुजवेल्ट’, टोकियोको निर्देशित मिसाइल विध्वंसक ‘जेएस ओटागो र सियोलको ‘केएफ–१६’ लडाकू जेट समावेश थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान

चिनियाँ प्रधानमन्त्री ली किआङले खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान

दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार

कङ्गोमा भएको आतंककारी आक्रमणमा चार चिनियाँ नागरिकको मृत्यु

चीनले बिहीबार कंगोमा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको

इराकी लडाकू समूहले लेबनानलाई सघाउने

गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त