उत्तरी गाजामा तेस्रो दिन पनि भिडन्त, हजारौं विस्थापित



इजरायली सैन्य अभियानको तेस्रो दिन उत्तरी गाजामा विस्फोट, हवाई आक्रमण र बन्दूकको गोलाबारीले दशौं हजार प्यालेस्टिनीलाई विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घले यस क्षेत्रमा ‘असह्य’ रहनसहनको अवस्थालाई जटिल बनाएको छ ।

एएफपीका एक संवाददाताले गाजा शहर नजिकैको शुजैया क्षेत्रमा व्यापक हवाइ आक्रमण र विस्फोट भएको बताए । एक स्थानीयले सडकमा शवहरू देखिएको बताएका छन् ।

हमास र प्यालेस्टाइनी लडाकू समूह इस्लामिक जिहाद दुवैका सशस्त्र शाखाले त्यहाँ इजरायली सेनासँग जारी लडाइँमा संलग्न रहेको बताएका छन् ।

इजरायली सेनाले शुजैयामा ‘जमिनमाथि र तल’ भएको भिडन्तमा ठूलो सङ्ख्यामा लडाकूको मृत्यु भएको जनाएको छ ।

‘दर्जनौं आतङ्ककारी’ मारिएको र हतियार, ड्रोन र अवलोकन चौकीका साथै लामो दूरीको रकेट लञ्चर र टनेल शाफ्ट फेला परेको सेनाले जनाएको छ ।

शनिबार उत्तरी गाजामा भएको भिडन्तमा दुई सैनिकको मृत्यु हुनुका साथै दुई जना गम्भीर घाइते भएको सेनाले जनाएको छ ।

इजरायलले उत्तरमा हमास लडाकूको कमाण्ड संरचना ध्वस्त भएको घोषणा गरेको केही महिनापछि यस क्षेत्रमा लडाईंको पुनरुत्थान भएको हो ।

गत आइतबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्धको ‘तीव्र चरण’ करिब नौ महिनापछि अन्त्य हुन लागेको बताएका थिए ।

गाजा द्वन्द्वका कारण लेबनानसँग जोडिएको इजरायलको उत्तरी सीमामा पनि तनाव बढेको छ । यसका कारण इरानले शनिबार इजरायलले लेबनानमाथि आक्रमण गरेमा ‘नामेट पार्ने’ युद्ध हुने चेतावनी दिएको छ ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणमा परी एक हजार २०० भन्दा बढीको मृत्यु भएको एएफपीले इजरायली तथ्याङ्कलाई उद्धृत गरी उल्लेख गरेको छ ।

लडाकूले गाजामा रहेका ११६ जना बन्धकहरूलाई पनि कब्जामा लिएका छन्, यद्यपि सेनाले ४२ जनाको मृत्यु भएको बताएको छ ।

हमास शासित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार इजरायलले गरेको जवाफी कारबाहीमा कम्तीमा ३७ हजार ८३४ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँ प्रधानमन्त्रीद्वारा एआईको क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान

चिनियाँ प्रधानमन्त्री ली किआङले खुला मानसिकताका साथ आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को क्षेत्रमा विश्वव्यापी सहकार्यको आह्वान

दक्षिण अफ्रिकामा ३४ हजार वर्ष पूराना ‘धमिराको ढिस्का’ फेला

दक्षिण अफ्रिकाको सुख्खा क्षेत्रमा अहिले पनि धमिरा बसोबास गरिरहेको ‘धमिराको ढिस्का’ ३० हजार

कङ्गोमा भएको आतंककारी आक्रमणमा चार चिनियाँ नागरिकको मृत्यु

चीनले बिहीबार कंगोमा भएको सशस्त्र आक्रमणमा आफ्ना धेरै नागरिक मारिएको तथा बेपत्ता भएको

इराकी लडाकू समूहले लेबनानलाई सघाउने

गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र संयुक्त