स्लोभाकियामा रेल र बस ठोक्किँदा सातको मृत्यु



 

दक्षिणी स्लोभाकियामा बिहीबार रेलवे क्रसिङमा यात्रुवाहक रेल र बस ठोक्किँदा सात जनाको मृत्यु र अन्य पाँच जना घाइते भएको उद्धारकर्मीहरूले बताएका छन् ।

दुर्घटना स्थानीय समयानुसार साँझ पाँच बजेपछि दक्षिण–पश्चिमी सहर नोभे जम्की नजिकै भएको सिटिके समाचार एजेन्सीले बताएको छ ।

रेलवेका प्रवक्ता भ्लादिमिरा बाहिलोभाका अनुसार युरोसिटी रेल प्रागबाट बुडापेस्टतर्फ गइरहेको थियो । स्लोभाक उद्धार सेवाले छ मृतकको अघिल्लो सङ्ख्यालाई अद्यावधिक गर्दै भनेको छ, “सात जनाको मृत्यु भएको छ, पाँच जना घाइते भएका छन् ।”

उद्धार सेवाका प्रवक्ता पेट्रा क्लिमेसोभाले घाइतेहरूलाई ‘तत्काल चिकित्सकीय सहायता’ आवश्यक रहेको बताए ।

बाहिलोभाले रेलका चालक लोकोमोटिभमा आगो लागेका कारण जलेको बताए । उनले बाधाहरूले सुरक्षित र प्रकाश सङ्केतले सुसज्जित भएको रेलवे क्रसिङमा दुर्घटना भएको जानकारी दिए ।

गृहमन्त्री माटुस सुताज एस्टोक पछि दुर्घटनास्थलमा पुगे । उनले दुर्घटनाको कारण प्राविधिक वा मानवीय विफलता थियो भन्नेबारे स्पष्ट नभएको बताए ।

स्थानीय सञ्चारमाध्यमहरूले आकाशमा बाक्लो धुँवा उडिरहेको र आंशिकरूपमा आगो लागेको रेलका साथमा सामान बोकेका यात्रुहरूको भिडियो फुटेज प्रसारण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतमा धार्मिक सभामा भागदौड हुँदा करिब एक सय जनाको मृत्यु

  उत्तरी भारतमा मङ्गलबार एउटा हिन्दू धार्मिक सभामा करिब एक सय जनाको मृत्यु

केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, तीनसय ६० भन्दाबढी घाइते

कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

  उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा मृत फेला

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको