अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज



इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उहाँकी श्रमतीको विवाहलाई इस्लामिक कानूनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागार सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ ।

सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सयभन्दा धेरै कानूनी मुद्दामा फसेका छन् । उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए ।

एकहत्तर वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानूनअनुसार बिबीको सम्बन्धविच्छेद भएलगत्तै विवाह भएको आरोपमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।

इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय निलम्बन गर्ने निवेदनलाई स्थगित गरे र जुलाई १२ मा फैसला सुनाउने बताए ।

सन् २०१८ देखि सन् २०२२ सम्म प्रधानमन्त्रीका रूपमा काम गरेका खानलाई गत वर्ष अगस्टमा हिरासतमा राखिएको थियो र पदमा उम्मेदवार हुनबाट वञ्चित गरिएको थियो ।

यद्यपि पूर्व अन्तर्राष्ट्रिय क्रिकेट स्टार र उनकी श्रीमतीलाई अप्रिलमा पाकिस्तान उच्च अदालतले भ्रष्टाचारको आरोपमा १४ वर्षको कारागार सजायलाई निलम्बन गरेको थियो ।

खानलाई देशद्रोहको आरोपमा दिइएको १० वर्षको सजाय यसै महिना उल्टिएको थियो तर उनी अवैध विवाहको आरोपमा राजधानी इस्लामाबादको दक्षिणी भागमा रहेको आदियाला कारागारमा छन् ।

पाकिस्तानको फेब्रुअरी ८ को निर्वाचनका बेला तीन वटा सजाय भोग्नुअघि उनलाई रिहा गर्न अनुमति दिइएको थियो ।

 

विश्लेषकहरूका अनुसार दशकौँसम्म प्रत्यक्ष शासन गरेको र अहिले पनि अपार शक्तिको प्रयोग गरेको पाकिस्तानको सेना सम्भवतः यो मामिलाको पछाडि छ ।

कुनै बेला आफूलाई समर्थन गर्ने शीर्ष जनरलहरूसँगको अनबनपछि खानलाई संसदीय अविश्वासको मतले प्रधानमन्त्रीबाट बर्खास्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, तीनसय ६० भन्दाबढी घाइते

कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

  उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा मृत फेला

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको

पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान