युक्रेनद्वारा सुरक्षा सम्झौतामा हस्ताक्षर



 

युरोपेली सङ्घ (इयु) र युक्रेनले ब्रसेल्समा युरोपेली परिषद् शिखर सम्मेलनमा सुरक्षा सम्झौता हस्ताक्षर गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की शिखर सम्मेलनमा सहभागी भए । उनले  युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिसेल र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयेनसँग एक समारोहमा सुरक्षा सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सामाजिक सञ्जाल एक्समा चार्ल्स मिसेलले भने, “यी प्रतिबद्धताहरूले युक्रेनलाई आफ्नो रक्षा गर्न, अस्थिरताको विरोध गर्न र भविष्यमा आक्रामकताका कार्य रोक्न सहयोग गर्नेछन् ।”

त्यसैगरी एक्समा भोन डेर लेयेनले भनिन्, “हामी युक्रेनलाई आक्रामकताको यो युद्धविरुद्ध उसको रक्षा गर्न र भविष्यमा कुनै पनि आक्रमण रोक्नका लागि आवश्यक हतियार, सैन्य प्रशिक्षण र सहायता प्रदान गरिरहन प्रतिज्ञा गर्दछौँ, यो मुख्य कुरा हो, हामी लामो दौडका लागि तयार छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केन्यामा कर वृद्धि विरोधी प्रदर्शनमा ३९ जनाको मृत्यु, तीनसय ६० भन्दाबढी घाइते

कर वृद्धि सम्बन्धी नयाँ विधेयक को विरोधमा केन्यामा हालै भएको सरकार विरोधी प्रदर्शनमा

उत्तर प्रदेशको हाथरसमा धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा २७ जनाको मृत्यु

  उत्तर प्रदेशको हाथरसमा मङ्गलबार एक धार्मिक कार्यक्रममा २५ महिला र दुई पुरुषसहित

भारतमा एकै परिवारका पाँच जना झुण्डिएको अवस्थामा मृत फेला

भारतको मध्य प्रदेशमा श्रीमान्, श्रीमती र तीन छोराछोरीसहित एकै परिवारका पाँचजना घरभित्र झुण्डिएको

पाकिस्तान र इरानबाट एक लाख १५ हजार अफगानी शरणार्थी स्वदेश फिर्ता

गत एक महिनामा करिब एक लाख १५ हजार अफगानी शरणार्थी छिमेकी देश पाकिस्तान